जुम्ला कारागारमा एक कैदीको मृत्यु
जुम्ला कारागारमा कैद भुक्तान गरिरहेका एक जना कैदीको मुत्यु भएको छ । खत्याड गाउँपालिका–३ मुगु घरभई हाल जुम्ला कारागारमा रहेका ३४ वर्षीय प्रदिप टमटाको साउन २० गते मृत्यु भएको हो ।
उच्च रक्तचापका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मृत्यु भएको जेलर जयाप्रसाद पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, साउन २० गते बिहानै व्याडमिन्टन खेल खेलिसकेपछि खाना खानु अघि छाती दुख्यो भनेर कारागारको गल्लीमा ढलेका हुन् ।
कारागारबाट उपचार गर्न अस्पताल लग्यौ । अस्पताल पु¥याएको दुई घण्टापछि मृत्यु घोषणा भएको जेलर पाण्डेले बताउनु भयो । उहाँले भन्नुभयो, मृतक टमटाका आफन्त नेपालगन्ज र मुगुबाट जुम्ला आउदै हुनुहुन्छ । साउन २१ गते शव पठाउने तयारी गरिएको छ । मृतक टमटाकी पत्निसहित एक छोरी र दुई छोरा रहेका छन् ।
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले बलात्कार घटनामा प्रदिपलाई पाँच वर्ष कैद तोकेको थियो । उनी ०७९ साउन २७ गते जुम्ला कारागारमा आएका हुन् । उनले तीन वर्ष कैद भुक्तान गरिसकेका थिए । उच्च र जिल्ला अदालतले उनलाई दोषी ठहराएको थियो ।
जुम्ला कारागारमा पाँच जना महिलासहित १ सय २३ जना कैदीबन्दी रहेका छन् ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…