जुम्लाका आठ हजार बढी घरधुरी गरिब परिवारको सूचीमा
जुम्लाका ८ हजार १ सय ९१ जना गरिब घर परिवारको सूचीमा परेका छन् । सरकारले गरिब घर पहिचान तथ्याङ्क सङ्कलनका लागि सुरूवात गरिएको कार्यक्रम अन्तर्गत जुम्ला जिल्लामा उक्त सङ्ख्यामा गरिबको सूचीमा परेका घरधुरीलाई जिल्लाबाट अन्तिम स्वीकृत गरी केन्द्रमा पठाइएको जिल्ला गुनासो सुनुवाइ समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताए ।
राजनीतिक दलसहित बैठकले स्वीकृत गरी गरिब घर परिवारको सूचीमा पर्नेहरूको सङ्ख्या केन्द्रमा पठाएको हो ।
गरिब घरपविारको सूचीमा परेकाहरूमा बड्कीका ३ सय ४, विराटका ३ सय ८९, बुम्रमाडीचौरका १ सय ४, चन्दननाथका ३ सय ३, छुमचौरका १ सय ७६, देपालगाउँका १ सय ७५, धापाका २ सय २९, डिल्लीचौर ३ सय ६२, गज्याङकोटका २ सय ३, घोडेमहादेवका २ सय ३६, गोठीचौरका २ सय ५१, हाँकुका १ सय १४, कालिकाखेतुका ३ सय ७४, कनकासुन्दरीका २ सय ७४, कार्तिकस्वामीका १ सय ७३, कुडारीका ४ सय ७२, लाम्राका १ सय ६०, महावैपाथरखोलाका ४ सय ७, महतका ८३, मालिकाबोताका ८३, मालिकाठाटाका २ सय ५५, नराकोटका ३ सय ५५, पाण्डपगुफाका २ सय ९३, पातारासीका २ सय ६४, पटमाराका १ सय ६८, रारालिहीका २ सय ९, शनिगाउँका ५ सय ४८, तलिउमका ३ सय ७२, ताम्तीका ३ सय २० र तातोपानीका ५ सय १८ घरधुरी रहेका छन् ।
गुनासो सुनुवाइ समितिमा गरिब घर परिवारको सूचीमा छुटेको विभिन्न गाविसबाट निवेदन आएको र पुनः तथ्याङ्क सङ्कलनका लागि केन्द्रबाट जानकारी नआएकोले सङ्कलन हुन नसेकेको समितिका अध्यय प्रमुख जिल्ला अधिकारी पण्डितले बताए ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…
अपिहिमाल गाउँपालिकाको व्याँसमा खाद्यान्न अभाव, स्थानीय समस्यामा
अपीहिमाल गाउँपालिकाको खण्डेश्वरी र व्याँस गाउँपालिकामा खाद्यान्न अभाव भएको छ । चाडपर्व नजिकिएसँगै गाउँमा खाद्यान्न अभाव भएको छ । खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि चाडपर्वमा स्थानीयलाई खाद्यान्न महंगो पर्ने भएको…
जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर
मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज ४ गते सम्पन्न भएको छ…