जीवनको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले भदौ १ गते एक विज्ञप्ति जारी गरी सडक दुर्घटनातर्फसचेत भई जीवनको अधिकार सुनिश्चित गर्न नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

देशभरिमा गत साउन महिनामा मात्रै धनकुटा, काभ्रे, सुर्खेत, मकवानपुर, बैतडीलगायतका जिल्लाहरूमा भएका सडक दुर्घटनाबाट १ सय भन्दा बढीको मृत्यु तथा २ सय ५ भन्दा बढी मानिस घाइते भएका थिए ।

देशमा पछिल्लो समय बढ्दै गएको दुर्घटनाले मानिसको जीवनको अधिकार गुम्न गएका घट्नाहरू सम्बन्धमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाउदै घटनाहरूको सम्बन्धमा अनुगमन गरिरहेको जनाएको छ ।

गत साउन ३१ गते काभ्रको विर्तादेउरालीमा सडक दुर्घटना भएको विषयलाई लिएर अनुगन गरी प्रतिवेदन पेश गर्न आयोगले अनुगमन टोली त्यसतर्फखटाएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।

नेपालमा मानव अधिकार प्रत्याभूति हुने विकास पद्धति र प्रशासनको अन्तरसम्बन्ध हुन नसक्दा व्यक्तिको जीवनको अधिकार गुम्न गई शारिरीक अपाङ्गता वृद्धि हुने तथ्यहरू सार्वजनिक हुँदै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ-"शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा पहुँच जस्ता मानव अधिकारका आधारभूत विषयहरूमा सार्वजनिक यातायात भरपर्दो, व्यवस्थित र सुरक्षित एवम् अपरिहार्य भएतापनि दिन प्रतिदिन जीर्ण सडक पुराना गाडीहरूका कारण अनपेक्षित रूपमा दिनहुँ सर्वसाधारणको जीवनको अधिकार गुम्दै जाने परिस्थिति विद्यामान रहनु अत्यन्त दुःखद हो ।"


रामकुमारी श्रेष्ठ