जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सदस्यमा इन्सेक प्रतिनिधि चयन
जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सदस्यमा इन्सेकको प्रतिनिधिलाई चयन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा ०८० फागुन १९ गते आयोजित सञ्जाल गठन कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईलाई जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको सदस्यमा चयन गरिएको हो
इन्सेक प्रतिनिधिलाई मानवअधिकारको क्षेत्रमा कार्यरत संस्थाको प्रमुखको रुपमा सञ्जालको सदस्य चयन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराले बताउनु भयो ।
सञ्जालको संयोजकमा जिल्ला प्रहरी कार्यालयका एसपी बोहोरा, सदस्य सचिवमा जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख रहेका छन् भने सदस्यहरुमा जिल्ला प्रशासन कार्यालयका अधिकृत स्तरका प्रतिनिधि, लैङ्गिक हिंसाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको प्रतिनिधि, पत्रकार महासंघको प्रतिनिधि, शिक्षा क्षेत्रका प्रतिनिधि, नेपाल बार एसोसियसनका प्रतिनिधि लगायत विभिन्न निकायका प्रतिनिधिहरु सदस्य रहेका छन् । त्यस्तै सल्लाहाकारमा प्रमुख जिल्ला अधिकारी रहनु भएको छ ।
सञ्जाल गठन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला प्रहरी कार्यालयका एसपी बोहोरा, डिएसपी मोहनबहादुर खाँड लगायतले तनहुँ जिल्लालाई लैङ्गिक हिंसा मुक्त जिल्ला बनाउने गरि सञ्जालले हिंसा नियन्त्रणको लागि काम गर्नु पर्ने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…