जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन
जाजरकोट, जाजरकोट जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले समय समयमा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि खीमबहादुर शाहीको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ ।
चैत २२ गते सदरमुकाम खलङ्गाको होटल हिमालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको संयोजनमा आयोजित कार्यक्रममा गठन गरिएको जिल्लास्तरीय मानव अधिकार सञ्जालको संयोजकमा मानव अधिकार एलाइन्सका शाही र अन्य सदस्यहरूमा नेपाल पत्रकार महासङ्घका हेमन्त केसी, गैरसरकारी संस्था महासङ्घका सहदेब बस्नेत, महिला मानव अधिकार रक्षक सञ्जालकी मुना चौधरी, अन्तरपार्टी महिला सञ्जालकी तारा शाक्य, नेपाल बार एशाशियसनका निमबहादुर शाही, मानव अधिकार सङ्गठनका रमेश सिंह, नागरिक समाजका प्रतिनिधिहरू राजेन्द्रविक्रम शाह र केशवजङ्ग शाह, अशल शासनकर्मी बालकुमार शर्मा र इन्सेकका जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठ सदस्य रहेका छन् ।
जिल्लास्तरीय मानव अधिकार सञ्जालले जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यदतीका घटनाविरूद्ध पैरवी गर्नुका साथै जिल्लामा रहेका सातै वटा स्थानीय तहमा समेत मानव अधिकार सञ्जाल गठन गर्ने योजना समेत बनाइएको छ ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…