जिल्ला सदरमुकाममा खानेपानीको चरम अभाव
जिल्ला सदरमुकाम मान्ममा खानेपानीको चरम अभाव भएको छ । खानेपानीको वितरणमा समस्या आएका कारणले चरम अभाव भएको हो । कालिकोटको सदरमुकाम मान्ममा दुई महिनादेखि खानेपानीको अभाव भएको हो ।
खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नु परेको सामाना होटेलका सञ्चालक रत्नबहादुर शाहीले बताए ।
‘सदरमुकाममा नै खानेपानीको चरम अभाव देखिएको छ ।’–उनले भने–‘खानेपानी उपभोक्ता समिति र खानेपानी कार्यालयको लापरवाहीका कारणले हामीले खानेपानी पाएनौँ ।’
‘खानेपानी उपभोक्ता समितिले केवल पैसा मात्र उठाउने गरेको छ ।’–उनले भने–‘खानेपानी पिउनबाट यहाँमा नागरिक बन्चित भएका छन् ।’
खानेपानी समस्या विषयमा खानेपानी कार्यालय र उपभोक्ता समितिलाई जिल्ला प्रशासन कार्यालयले पत्र पठाएर खानेपानीको समस्या हल गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।
‘खानेपानीको समस्या हल गर्न हामीले सम्बन्धित निकायलाई पत्र पठाएका छौँ ।’–उनले भने–‘खानेपानीको समस्या चाँडै हल हुन्छ ।’
पलाँता गाउँपालिका–२ को बान्जाडा जिल्लाकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्यायनले देखाएको छ । वाटर एडले गरेको अध्ययनबाट यस्तो देखिएको हो ।
बान्जाडाका १ सय ८२ घरधुरीका लागि गाउँमा एउटा मात्र खानेपानी धारा रहेको सहभागितामुलक कार्य अनुसन्धानमा सहभागी सनोज तुलाचनले बताए ।
वडा नं. २ का लागि २३ किलोमिटर टाढाबाट खानेपानी ल्याउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए ।
‘यहाँको खानेपानी आयोजनाका लागि गाउँपालिकाले १० करोडभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।’–उनले भने–‘खानेपानीको समस्या चाँडै हल गर्ने तयारीका साथ लागेका छौँ ।’
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार
२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास…
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष र मानव अधिकारकर्मीहरूबीच अन्तरक्रिया
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय जनकपुरधाममा २०८१ माघ २९ गते मानव अधिकार उल्लङ्घनका घटनाहरूको बारेमा प्रदेश तहमा मानव अधिकारको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ…
कुटपिट घटनाका आरोपितहरूविरुद्ध उजुरी
विदेह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ३५ वर्षीय दिपेन्द्र कुमार शाहलाई ०८१ माघ २७ गते सोही पालिकाका नगर प्रमुख ४० वर्षीय बेचन दास र निजका २५ वर्षीय छोरा राम भजन दासले…
अपहरण, शरीर बन्धक र बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा पकाहामैनपुर गाउँपालिका-१ ढोरे टोल का २० वर्षीय सल्मान देवानलाई माघ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
बलात्कार प्रयास घटनाका आरोपितहरूविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गौशाला नगरपालिका-६ निगौलका २० वर्षीय इब्राम नदाफ, २१ वर्षीय गुफ्रान शेख र २० वर्षीय मुन्ना शेखविरुद्ध ०८१ माघ २९ गते पीडित पक्षले जिल्ला…