जिल्ला भरिनै औषधि अभाव, एकै दिनमा तीन जनाको मृत्यु
हुम्लाका सात ओटै गाउँपालिकामा यतिखेर रूघाखोकीको महामारी फैलिएको छ । रूघाखोकीबाट अहिलेसम्म चार जनाले ज्यान गुमाई सकेका छन् भने सयौँ बिरामी परेका छन् ।
हुम्लाको जिल्ला जनस्वास्थ्य कार्यालयमा सिटामोलसमेत नभएपछि स्थानीयबासी प्रत्यक्ष मर्कामा परेका छन् ।
सबैजसो बिरामीमा स्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, खोकी लाग्ने, बान्ता हुने जस्ता लक्षण देखिएको छ । पुस १८ गते बिहान मात्रै सर्केगाड गाउँपालिका-८ का ६६ वर्षीय शैकरे रोकायाको मृत्यु भएको छ ।
पुस १६ गते मात्रै सर्केगाड गाउँपालिकाका-७ का ६५ वर्षीय भ्याँले कार्की, सोही गाउँपालिका-७ कै ६७ वर्षीय खोईर्या शाही र ७० वर्षीय गोर्या जैशीको मृत्यु भएको स्थानीयबासी कलबहादुर ऐडीले बताए ।
रूघाखोकीको प्रकोपले गर्दा बढी जस्तो ज्येष्ठ नागरिक र बालबालिकाहरू धेरै प्रभावित भएका छन् । सुख्खा खडेरीको कारण धुलाम्य वातावरणले झन् स्वासप्रस्वासमा समस्या देखिएको स्थानीयले बताएका छन ।
गाउँमा स्वास्थ्यकर्मी नहुनु र स्वास्थ्य संस्थामा औषधि उपलब्ध नहुनुजस्ता कारणले बिरामीको ज्यान गएको स्थानीयबासी कलबहादुर ऐडीले आरोप लगाए ।
स्थानीय स्वास्थ्य चौकी रोडिकोट र प्राथमिक स्वास्थ्य चौकी राहदेवमा सिटामोलसम्मको अभाव छ । पहिला जिल्ला अस्पतालले औषधिलगायतका आवश्यक सामग्री निशुल्क पठाउने प्रावधान थियो । तर, अहिले गाउँपालिकाले नै खरिद गर्ने व्यवस्था छ । गाउँपालिकाले त्यसको व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ ।
विगत तीन महिनादेखि स्वास्थ्य संस्थामा औषधि नहुँदा कार्यलयमा हाजिर लगाएर बस्नु बाहेक अन्य काम नभएको राहदेव प्राथमिक स्वास्थ्य चौकीका इञ्चार्ज सुपे ऐडीले बताए ।
उनले भने-'गाउँमा बिरामी धेरै छन् । तर, यहाँ औषधि छैन । औषधि खरिद गर्न गाउँपालिका, वडालाई अनुरोध गरेका छौँ । सुनुवाइ भने भएको छैन ।' समयमै उपचारको अभावमा बिरामीको ज्यान गएको स्थानीयको गुनासो छ ।
स्थानीयबासी काली रोकायाका अनुसार बिरामी भएको बेला चार घण्टा हिँडेर पनि स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नहुँदा बिरामी रित्तो हात लिएर घर फर्कनु परेको गुनासो गरिन् ।
उनले भनिन्-'स्वास्थ्य चौकीमा पुरा औषधि भए र उपचार पाए कोही मर्न पर्दैनथ्यो ।' यसैका बारेमा सर्केगाड गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायालाई बुझ्दा अब सबै स्वास्थ्य संस्थाको लागि औषधि खरिद प्रक्रिया अघि बढेको जानकारी दिए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका डाक्टर नविन रोकायाका अनुसार सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा त सामान्य सिटामोलसमेत छैन भने गाउँमा रहेका स्वास्थ्य चौकीमा झन् के हुनु यसका बारेमा छानबिन हुनै पर्छ भन्दै बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…