जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरी जवान मृत फेला

  ०८१ जेठ ३२ गते

बाँके जिल्ला खजुरी गाउँपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनार ०८१ जेठ ३१ गते कार्यालयमा मृत फेला परेकी छिन् ।

बिहानकाे डियुटी र दिउँसो कार्यालयको काम सकेर २ बजे खाजा खान कोठा गएकी सुनार जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको दोस्राे तल्लाको बाथरुममा पासो लगाएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले बताउनु भयो ।

निस्किएको धेरै बेरसम्म पनि सुनार कार्यालय नआइपुग्दा खोजतलास गर्दै जाँदा भित्रबाट चुकुल लगाएको र भेन्टीलेसनबाट हेर्दा झुण्डिएको अवस्थामा देखिएको एसपी पण्डितले बताउनु भयो । मृतकको आफन्तलाई खबर गरेकोले उहाँहरू आएपछि उहाँहरूकै रोहबरमा ढोका फुटाई अन्य प्रक्रिया अगाडि बढाउने एसपी पण्डितले बताउनु भयो ।


दुर्गा परियार