जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र
शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य छनोट प्रक्रिया पारदर्शिताको माग गर्दै ध्यानकर्षण गराएको छ ।
कात्तिक २९ गते कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत सञ्जालले आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको सदस्यहरुको सिफारिस गर्न गठित समितिलाई ध्यानकर्षण पत्र पठाएको हो ।
आयोगको अध्यक्ष र सदस्य छनोट गर्न गठित समितिले २०८१ कात्तिक २३ गते एक सूचना प्रकाशन गरी योग्यता पुगेका व्यक्तिबाट एक हप्ताभित्र आवेदन दिन माग गरेको थियो । त्यसमा सञ्जालले निवेदन दिएका निवेदकको निवेदनका आधारमा कसरी र कुन प्रकृया र विधिबाट छोटो सूची प्रकाशन गरिन्छ भनेर प्रश्न गरेको छ ।
छनोट प्रक्रिया पारदर्शी भए नभएको सुनिश्चित गर्न सिफारिस समितिले कस्तो मापदण्ड तयार पार्छ भन्दै सञ्जालले गठित समितिलाई प्रश्न गरेको छ । ‘सिफारिस गरिएका व्यक्तिको सार्वजनिक सुनुवाई गर्ने कुनै योजना तयार पारिएको छ की छैन ? र सिफारिस समितिले सिफारिस गरेका व्यक्ति नै आयोगका पदाधिकारीका रुपमा नियुक्त हुन्छन् भन्ने आधार के हो ?’ सञ्जालले ध्यानकर्षण पत्रमा भनेको छ ।
समाजका तर्फबाट शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराकी संयोजक विना सिलवाल, नागरिक मञ्च पोखराका विष्णुप्रसाद बराल, इन्सेक गण्डकी प्रदेश प्रमुख शिवप्रसाद खकुरेल, गैसस महासङ्घ नेपाल कास्कीका अध्यक्ष डा. बुद्धिबहादुर थापा र गण्डकीका प्रदेश समिति पदमराज पहारी लगायतले ध्यानकर्षण पत्र बुझाएका हुन् ।
त्यसैगरी उच्च अदालत बार पोखराका उपाध्यक्ष गिरिधारी सुवेदी, मानव अधिकार रक्षक संरक्षण र प्रवर्धन केन्द्रका उपाध्यक्ष, मानव अधिकार एलायन्स गण्डकी प्रदेश समिति शिवराज शर्मा, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेल, चिल्ड्रेन नेपाल पोखरा निर्देशक डिल्लीप्रसाद शर्मा र सिविन नेपालका शङ्कर नेपालीले संयुक्त रुपमा ध्यानकषण पत्र बुझाएका छन् ।
सञ्जय रानाभाट
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…