जिल्ला पदाधिकारीहरूलाई कांग्रेस कार्यकर्ताले कार्यकक्षमै थुने

  ०७९ वैशाख ११ गते

नेपाली कांग्रेसका कार्यकर्ताहरुले पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला पदाधिकारीलाई वैशाख ११ गते पार्टी कार्यालयमा थुनिदिएका छन् ।

जिल्ला सभापति किशोरदत्त बरालका अनुसार नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा बसेका पदाधिकारीको बैठक बसिरहेको बेला वडा सभापति, जिल्लाका कार्यकर्ताहरुले कांग्रेसले मेयर पद पाउनुपर्ने भन्दै बाहिर ताला लगाएर ३५÷३६ जना पदाधिकारीहरुलाई कार्य कक्षमै थुनिदिएका हुन् ।

कार्यालय बाहिर आन्दोलन गरिरहेका वडा सभापति र कांग्रेसका क्रियाशिल कार्यकताहरुले बैठक कक्षको प्रवेशद्वारमा साँचो लगाइदिएका छन् ।,’–सभापति बरालले भन्नुभयो ।

कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेर थनिएकाहरूलाई केही समयपछि बाहिर निकालिएको थियो ।


सुशन घिमिरे