जिल्ला जनस्वास्थ्य कार्यालयको भण्डारणमा नै औषधि अभाव
जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाको भण्डारणमा औषधि अभाव भएको छ । १ सय ४ ओटा उप स्वास्थ्यचौकी, चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र र दुई ओटा अस्पताल रहेको सिरहामा मधेश आन्दोलनदेखि नै भण्डारणमा औषधिको अभाव हुँदै आएको जिल्ला जनस्वास्थ्य कार्यालयका भण्डारण प्रमुख कामेश्वर रोएता यादवले बताए ।
उप स्वस्थ्यचौकीहरूबाट माग भएर आएको औषधि माग बमोजिम आपूर्ति गर्न नसकेको यादवले बताए । पटक पटक औषधि विभागमा औषधिको लागि ताकेता गर्दा पनि पूर्ण रूपमा औषधि नपठाएको उनले बताए ।
जिल्लालाई २० प्रतिशत औषधि खरिद गर्ने अधिकार भएको र यसका लागि विभागले यस आर्थिक वर्षा ४८ लाख रुपियाँ आएकोले औषधि खरिद गर्ने प्रकृया अगाडि बढाएको भण्डारण प्रमुख यादवले बताए ।
अत्यावसेक औषधिहरू पनि बिरामीले नपाउँदा स्वास्थ्यकर्मीले बिरामीको गाली सहन बाध्य हुनुपरेकोसमेत उनले बताए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)
साउन २२ गते ४ सय ५१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९० हजार १ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
छात्रालाई दुर्व्यवहार गरको भन्दै विद्यार्थी आन्दोलित
मन्थली नगरपालिका–१ स्थिति मन्थली माविमा सीटीईभीटी अन्तर्गत तीन वर्षे सिभिल सब–ओभरसियरको प्रथम वर्षमा अध्ययनरत १७ वर्षीया छात्रालाई ०७९ साउन १९ गते विद्यालयका विज्ञान शिक्षक २७ वर्षीय लोकबहादुर विष्टले विद्यालय परिसरमा…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २१ गते)
साउन २१ गते ३ सय २६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८९ हजार ६ सय ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ । ३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।…
जनशक्ति अभावले उपचारमा समस्या
गण्डकी प्रदेश सरकारले एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती गरेपछि पर्वत अस्पतालमा जनशक्तिको अभाव भएको छ । कोभिड–१९ सङ्क्रमणलाई नियन्त्रणमा लिन तथा प्रभावितहरूको उपचार गर्नको लागि २१ जना स्वास्थ्यकर्मी र…