जिल्ला कारागार सङ्खुवासभाका दुई जना कैदीको मृत्यु
जिल्ला कारागार सङ्खुवासभामा कैद भुक्तान गरी रहेका दुई जना कैदीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको साउन २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।
बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरीरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरीरहेका बलामी ०८० साउन २४ गते कारागारबाट भाग्ने प्रयास गरेका थिए ।
भाग्ने क्रममा कारागार सुरक्षाकर्मी र कारागार प्रशासनले नियन्त्रणमा लिएर कैदीबन्दी बस्ने गृृहमा जिम्मा लगाएको अवस्था साउन २४ गते बिहान ४ बजे दुवै जना अर्धचेत अवस्थामा फेला परेको कारागारका जेलर राजेन्द्र घिमिरेले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
अर्धचेत अवस्थामा भेटिएका दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा बिहान ६ बजे दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र गोदारले बताउनु भयो ।
अहिले शव जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । जिल्ला कारागार परिसर क्षेत्र र बाहिरी क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका विषयमा जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ ।
भविन कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…