जिल्ला कारागार झापामा एक जना कैदीको मृत्यु

  ०८१ माघ ३० गते

जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेका भद्रपुर नगरपालिका-१ का ४० वर्षीय मदन सिलवालको माघ २९ गते मृत्यु भएको कारागार  प्रशासनले जनाएको छ ।

जिल्ला अदालतबाट ठगी मुद्दामा कैद सजाय तोकिएपछि कैद भुक्तान गरिरहेका सिलवाल ०८१ माघ २९ गते कारागारभित्र लडेका थिए ।

अचानक लडेका सिलवालाई उपचारका लागि तत्कालै मेची प्रादेशिक अस्पताल, भद्रपुर पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेको कारागार प्रशासनले जनाएको छ ।

शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पतालमा माघ ३० गते गरिएको छ । सोही दिन पीडित पक्षले शव बुझी भद्रपुर नगरपालिका-१ स्थित घाटमा सद्गत गरेको छ ।


नरेश खाती