जिल्ला कारागार कास्कीमा तिन दिने स्वास्थ्य शिविर सुरू
जिल्ला कारागार कास्कीमा जनरल मेडिसिन र दन्त सेवासम्बन्धी तिने दिने स्वास्थ्य शिविर सुरू भएको छ ।
पीडित सेवा सङ्घ कास्की र अफुलग्रेसको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा, सहयोगी आत्म नेपाल र सिङ्गापुर रेडक्रसको सहयोगमा शिविर मङ्सिर ७ गतेदेखी ९ गते सम्म सञ्चालन हुने भएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग कास्कीकी निमित्त क्षेत्रीय निर्देशक नितु गर्तौलाले सरकारले नै नियम बनाएर हरेक महिना सबै कैदी बन्दीको स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताइन् ।
जिल्ला कारागार कास्कीका जेलर हरिप्रसाद गौतमले कारगार जस्तो सम्वेदनशील ठाउँमा आएर स्वास्थ्य शिविर गर्नु सरहानीय भएको बताउँदै कैदीबन्दीको उपचारमा सरकार उदासिन भएकोमा दुःख व्यक्त गरे ।
हाल कास्की जिल्ला कारगारमा ६ सय ३६ जना पुरुष, ५४ जना महिला र एक जना आश्रति बालक रहेको जेलर गौतमले बताए ।
सङ्गीता भाट
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजपुर गाउँपालिका–२ का ४० वर्षीय धर्मराज यादवलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १८ गते बलात्कार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…