जिल्ला कारागारमा रुघा र ज्वरोको प्रकोप, ८० जना कैदीबन्दीमा स्वास्थ्य समस्या

  ०७८ भदौ २५ गते

जिल्ला कारागारका कैन्दी तथा बन्दीमा भाइरल ज्वरो र रूघाको प्रकोप देखिएको छ । जसका कारण कारागारका ८० जना कैदी तथा बन्दीमा स्वास्थ्य समस्या देखिएको छ ।

केही दिनयता कैदीबन्दीहरूमा भाइरल ज्वरो र रुघाको प्रकोप देखिएको जिल्ला कारागार खाँदबारी प्रमुख जेलर विनोद अधिकारीले बताउनु भयो । ज्वरो र रूघाका कारण ८० जना बिरामी परेका छन् ।

भाइरल ज्वरो र रूघाले कैदी तथा बन्दीहरूमा स्वास्थ्य समस्या देखिएको कारागार प्रशासनले जनाएको छ । कारागारका जेलर अधिकारीका अनुसार अधिकांश कैदीबन्दीमा स्वास्थ्य समस्या देखिएपछि भदौ २५ गते कारागार परिसरमा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ ।

८० जना भन्दा बढी कैदीबन्दी बिरामी परेपछि प्रमुख जिल्ला अधिकारीको टेकनारायण पौडेलको निर्देशनमा भदौ २५ गते स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जेलर अधिकारीले बताउनु भयो ।

जिल्ला अस्पतालका निमित्त प्रमुख सुन्दरश्याम झासहितको टोलीले स्वास्थ्य परीक्षण गरेको छ । कैदीबन्दीको स्वास्थ्य परीक्षणका क्रममा भाइरल ज्वरो र रूघाखोकीका बिरामी भेटिएको कारागार प्रमुख अधिकारीले बताउनु भयो ।

क्षमता भन्दा पाँच गुणा कैदीबन्दी राखिएको र भाइरलको प्रकोप तीव्र रूपमा फैलिएको जिल्ला अस्पतालमा निमित्त प्रमुख सुन्दरश्याम झाले बताउनु भयो ।

चिकित्सक झाले कोभिड–१९ को परीक्षणका लागि एन्टीजेन गर्दा कोही कसैको रिपोर्टमा कोभिड–१९ को सङ्क्रमण पुष्टि नभएको बताउनु भयो ।

‘घ’ श्रेणीको कारागारको क्षमता २५ जना रहेपनि पाँच गुणा कैदीबन्दी भएपछि उनीहरूलाई सुत्ने र खान बस्नको समस्या छ ।

कैदीबन्दी बिरामी परेपछि उनीहरूको व्यवस्थापनमा थप समस्या थपिएको जिल्ला कारागार खाँदबारी प्रमुख जेलर विनोद अधिकारीले बताउनु भयो ।

कारागारमा एक जना नाबालिकासहित १ सय ५४ जना कैदीबन्दी छन् । जसमा ५३ जना थुनुवा छन् ।

Photo 202101009 Sangkhuwasabha (1)

Photo 202101009 Sangkhuwasabha (2)

Photo 202101009 Sangkhuwasabha (3)


भविन कार्की