जिल्ला कारागारमा खानेपानीको समस्या
जिल्ला कारगार कार्यालय खानेपानीको समस्या देखिएको छ । कारागार कार्यालय हाल १६ जना पुरुष कैदीबन्दी र १३ जना पुरुष थुनुवा गरी जम्मा २९ जना बन्दीहरु रहेका छन् ।
कारागारमा एक सय जना पुरुष कैदीबन्दी र ५० जना महिला कैदीबन्दी बस्न मिल्ने क्षमता रहेको हाल पुरुष कैदीबन्दी मात्र रहेका छन । एक महिना यता अत्याधिक चिसो बढेसंगै पाईपमा बरफ जम्न थालेपछि एक साता देखि कैदीबन्दीहरुका लागि दैनिक रुपमा प्रयोग हुने खानेपानीको दिगो व्यवस्थापनमा समस्या देखिएको हो । जेनतेन पाईपको व्यवस्थापन गरि नजिकैको तिप्लाखोलाबाट खानेपानी व्यवस्थान गरेतापनि नियमिततामा समस्या देखिदा कैदीबन्दीहरुलाई खानाको लागि र सरसफाईको लागि समस्या भएको कारागार कार्यालय डोल्पाका प्रमुख दर्घराज रोकायाले बताउनुभयोे । खानेपानी समाधानको लागि विभिन्न निकायमा पहल गरेको तर सुनुवाइ नभएको प्रमुख रोकायाले बताउनुभयो ।
यस्तै गरी चिसोको कारण कोठामा विछ्याउने केही नभएर समस्या भएको छ । बिजुली बत्तीको दिगोपनामा समस्या हुँदा अधिकांश समयमा कैदीबन्दी तथा सुरक्षाकर्मी अन्धकारमा बस्न बाध्य रहेका छन । कारागारको क्षमता अनुसारको फर्निचर नहुँदा समस्या देखिएको छ । हाल रहेको कैदीबन्दीहले मिलेर फर्निचरको प्रयोग गर्दै आइरहेका छन । कारागार देखि तल्लो भागमा खेलकुदको रंगशाला भएको हुँदा फोहोरको ढल व्यवस्थापन समस्या भइरहेको कारागार कार्यालयका प्रमुख दिर्घराज रोकायाले बताउनुभयो । कारागार कार्यालयमा त्यस्तो कुनै किसिमको व्यवस्थापनको लागि बजेट नआउने हुँदा कैदीबन्दीको आधारभूत समस्यालाई समाधान गर्न समस्या भइरहेको कारागार प्रमुख रोकायाले बताउनुभएको छ । जुनसुकै अपराधमा सजाय भोगेतापनि मानवीय नाताले सहयोग गर्न सम्बन्धित नियकायहरुलाई प्रमुख रोकायाले आग्रह गर्नुभएको छ ।
हिमाली जिल्ला डोल्पामा असोज महिना यता अत्याधिक जाडो हुने भएको हुँदा यसको कारण पाईपमा बरफ जम्दा खानेपानीमा समस्या हुने गरेको दुनै खानेपानी उपभोक्ता समितिका सचिव हिक्मत बहादुर शाहीले बताउनु भयो । जिल्ला कारागारमा रहेका कैदीबन्दीहरुलाई खानेपानीको समस्या छ भन्ने कुरा आएको छ कसरी हुन्छ तत्काल समस्या समाधानको लागि आवश्यक कामकार्य अगाडि बढाउने सचिव शाहीले जानकारी दिनुभयो ।
लेख बहादुर बुढा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…