जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने कोठा शुद्ध खानेपानी, शौचालयको अभाव हुँदा कैदीबन्दीले समस्या भोग्नु परेको हो ।
बर्दिया कारागारको क्षमता १ सय ५० जनाको भए पनि कारागारमा कैदीबन्दी, थुनुवा र आश्रित बालबालिका गरी ४ सय ४४ जना रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकोले कारागार व्यवस्थापनमा समस्या भएको कारागारका कैदी डिल्ली बुढाले जानकारी दिनुभयो ।
बुढाले क्षमताभन्दा बढी बस्नु पर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले भन्नुभयो - ‘एकतिर क्षमताभन्दा बढी बस्नुपर्ने बाध्यता रहेको छ भने अर्को तर्फ सरकारले कैदीबन्दीको लागि भनेर सञ्चालन गर्ने सीप मूलक कार्यक्रमहरू सञ्चालन हुन सकेको छैन । कारागार बाहिर गएपछि समाज पूर्ण स्थापना कुनै सीप आवश्यक भए पनि पछिल्लो समयमा सीप मूलक तालिमहरू सञ्चालन नहुँदा समस्या परेको छ ।’
कारागारमा रहेको कैदीबन्दी र थुनुवाको लागि व्यवस्थापन गरेको औषधिले समेत पर्याप्त नभएको बुढाले बताउनु भयो । सरकारले कैदीबन्दीको लागि भनेर व्यवस्थापन गरेको औषधिले नपुग्दा बेला बेलामा समस्या हुने गरेको छ । कारागारमा रहेको बन्दीका लागि आवश्यक पर्ने औषधि व्यवस्थापन गर्न बुढाको माग छ ।
कारागार कार्यालयका प्रमुख काशी पँगेनीले कारागार कैदीबन्दी सजाय पुरा गरेर बाहिर निस्किँदा समाजमा पूर्ण स्थापित भएर स्वरोजगार हुनका लागि विभिन्न तालिम सञ्चालनका लागि माग गरेको बताउनु भयो । उहाँले पुरुष कैदीबन्दीले सिकर्मी, डकर्मी, फर्निचर प्लम्बर र जापानिज, कोरियन र अङ्ग्रेजी भाषा तथा महिला कैदीले सिकाइ कटाइ, ब्युटी पार्लरको, मैनबत्ती, अगरबत्ती, पापड, अचार बनाउने तालिम खेलौना बनाउने, बेकरी दुनाटपरीको तालिम सञ्चालनको माग गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो - ‘कारागारको प्रमुख समस्या भनेको कैदीबन्दीहरूको लागि बस्ने कोठा, शुद्ध खानेपानी, शौचालय, दाउराको चुलो विस्थापित गरी अन्य वैकल्पिक उर्जाको व्यवस्थापन आवश्यक रहेको छ ।’ कारागारको जग्गा एक विद्या जग्गा खाली भएकोले थप भवन निर्माण गर्न पनि आवश्यक रहेको उहाँले बताउनु भयो ।
कार्यालय कारागार कार्यालयमा कैदी, थुनुवा, आश्रित बालबालिका गरी ४ सय ४४ जना रहेका छन् । जसमध्ये कैदीबन्दी पुरुष २ सय ६३ जना, महिला ३८ जना, थुनुवा पुरुष १ सय २१ जना र महिला १९ जना र आश्रित बालबालिका तीन जना रहेको छन् ।
प्रकाश पौडेल
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…