जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदिबन्दी
जिल्ला कारागार, काभ्रेमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बन्दीहरूमा स्वास्थ्य, सरसफाइ लगायतमा समस्या हुने गरेको छ । ८५ जनाको क्षमता रहेको कारागार कार्यालयमा २ सय ९३ जना कैदीबन्दीहरू छन् ।
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा मेसमा सामान्य खाना खानु पर्ने, एउटै कोठामा कोचिएर बस्नु पर्ने, सुत्नलाई निकै समस्या, शौचालय जान पालो कुर्नु पर्ने, सरसफाई गर्न, खानेपानी, फोहर व्यवस्थापन र ढल निकास नहुँदा कैदीबन्दीहरू फोहोर वातावरणमा बस्नु पर्ने बाध्यता रहेको छ । यस कारागारमा महिला र बालबालिका छैनन् । यहाँ हरेक वर्ष २० जनाभन्दा बढी मानसिक अवस्था विग्रिएका कैदीबन्दी रहँदै आएका छन् ।
उक्त कारागारमा कोचाकोच कैदीबन्दीको सहजताका लागि सरुवा गर्ने प्रकृया गरिएको भए पनि काभ्रे छाडेर अन्यत्र जान कैदीबन्दीले अस्विकार गरेको कारागार प्रमुख परशुराम थापा बताउनु भयो । उहाँले भन्नुभयो,‘क्षमताभन्दा धेरै कैदी भएका कारण व्यवस्थापनमा कठिनाई भएको छ । खान, बस्न, बाथरुम प्रयोग गर्न, नुहाउन लगायतका थुप्रै समस्या छन् ।’
पहिलो पटक यति धेरै सङ्ख्यामा कैदीबन्दी रहेको कारागार प्रमुख थापाले बताउनु भयो । कैदीबन्दी धेरै भएपछि कारागार प्रशासनले सरुवाका लागि विरगञ्ज, मकवानपुर र काठमाडौँमा पत्र पठाए पनि विरगञ्ज र काठमाडौँले पनि खाली नभएको जानकारी गराएको छ । विरगञ्जमा आठ जना, काठमाडौँमा ६ जना र हेटौँडामा दुई जनाको सरुवा माग भए पनि मकवानपुरको भिमफेदीमा बाहेक अन्यत्र नहुने भए पनि भिमफेदी कैदीबन्दीले सरुवा हुन मान्दै नमानेको उहाँले बताउनु भयो ।
'जिल्ला कारागारमा धेरै कैदीबन्दी भएपछि सरुवाका लागि पत्र पठायौँ, खाली भएका स्थानमा जान मान्दैनन् । अन्यत्र स्थान नै छैन', कारागार प्रमुख थापाले उल्लेख गर्नुभयो । धेरै कैदीबन्दी भएकै कारण व्यवस्थापनमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै सरुवाका लागि तयारी गरिएको प्रमुख थापाले बताउनु भयो । यति हुँदा हुँदै पनि दोलखा कारागारबाट सरुवाका लागि आएको पत्रमा काभ्रे प्रशासनले असहमति जनाएको छ ।
जिल्ला कारागार कार्यालय, धुलिखेलमा कर्तव्य ज्यान मुद्दाका ३९ जना छन् । जसमा ६५ वर्ष माथिका तीन जना छन् । डाँका-चोरी अभियोगका ३३ जना, जबर्जस्ती करणीका १ सय ११ जना, ज्यान मार्ने उद्योगमा नौ जना, लागु औषधमा नौ जना, चोरीमा १५, सवारी ज्यान अङ्गभगङ्गमा २० जना, मानव अपहरण तथा शरीर बन्धकमा तीन जना, सरकारी छाप किर्ते ठगी सहकारी सहितका १५ जना जसमा ६५ वर्ष माथिका २ जना, मानव बेचबिखन तथा ओसारपसारमा तीन जना, बहुविवाह तथा बालविवाहमा ६ जना, रक्तचन्दनमा एक जना, अप्राकृतिक बाल यौन दुरुपयोगमा सात जना, बैकिङ्ग कसुरमा पाँच जना, बोक्सिको आरोपमा दुई जना, लेनदेन विगोमा एक, खोटा चलनमा एक जना, वन्यजन्तु ऐनमा तीन जना र कुटपिट घटनामा दुई जना गरी २ सय ९३ जना कारागारमा छन् ।
सुमित्रा आचार्य
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…