जिल्ला कारागारमा कैदीबन्दीहरूले सेवा सुविधा नपाएको गुनासो
जिल्ला कारागारका कैदीबन्दीहरूले सेवासुविधा नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले जिल्ला कारागार मार्फत उपलब्ध गराउँदै आएको सेवासुविधा नपाएको गुनासो गरेका हुन् । कैदीबन्दीले आफूहरू कारागारमा रहँदा पाउनु पर्ने पर्याप्त सेवा सुविधा नपाएको कैदी बन्दी बाँचबहादुर बोहराले गुनासो गर्नुभयो ।
उहाँका अनुसार अन्य जिल्लाका कारागार कार्यालयमा रहेका कैदीबन्दीहरूले पाउने सेवा सुविधा सरह यस कारागारमा रहेका कैदीबन्दीहरूले पनि पाउनु पर्ने हो । तर आफूहरूलाई खाना वासी दिने गरेको, तरकारीमा तेल मसला नभएको, पानीको समस्या, सुत्ने कोठा र शौचालय एकै ठाउँमा भएकोले वातावरण प्रदुषण गराउनुका साथै कैदीबन्दीहरूको स्वास्थ्यमा असर पुगाएको बोहराले जानकारी गराउनुभयो ।
शौचालय र कोठा एउटै ठाउँमा भएकाले दैनिक समस्या भइ ठूलो रोक देखापर्ने र दैनिक अस्पतालमा चेक जाँच गर्न जानुपर्ने अवस्था रहेको कैदीबन्दीले गुनासो गरेका छन् । त्यस्तै अन्य कारागार कार्यालयहरूमा कैदीबन्दीहरूलाई सधैँभरी फोन सेवा उपलब्ध गराउँदै आएको भए पनि हुम्ला जिल्ला कारागारमा हप्ताको एक पटक १० बजेदेखि बेलुकाको ५ बजेसम्म दिने र सो मोवाइल विग्रेको दिने गर्दा टावर नटिप्ने भएका कारण आफन्तजनहरूसँग सम्पर्क गर्न समस्या हुनुका साथै आफन्तहरूको हालखबर बुझ्न समेत कठिनाई हुने गरेको कैदीबन्दी बोहराले गुनासो गर्नुभयो । कारागारमा क्षमता अभिवृद्धिको लागि सीप मूलक तालिम उपलब्ध नहुँदा आफूहरूलाई समस्या भएको बोहराले उल्लेख गर्नुभयो ।
कारागारमा रहेका कैदीबन्दीहरूले बिरामी हुँदा समयमा स्वास्थ्य उपचार नपाउँदा कैदीबन्दीहरूले शान्ति सुरक्षा लगायत सम्पूर्ण समस्याहरूको अनुगमन लगायत व्यवस्थापन गर्न प्रत्येक सेवासुविधा उपलब्ध गराइनु पर्ने माग राख्दै साउन २८ गते जिल्ला प्रशासन कार्यालय, इन्सेक, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा हुम्ला, कारागार व्यवस्थापन विभाग काठमाडौँलाई ज्ञापनपत्र लेखेर इन्सेक मार्फत पठाएका छन् ।
उक्त विषयमा साउन २९ गते प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल र निमित्त जेलर डवल रावतसँग बसेर इन्सेक प्रतिनिधिले छलफल गर्नुभएको छ । उक्त छलफलका क्रममा निमित्त जेलर रावतले एक दिन मात्रै बासी खाना भएको स्वीकार गर्दै आफूले पनि जानकारी पाएको र उक्त जानकारीपछि कोड मास्टर नै हटाएको बताउनु भयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले यसको मुख्य जड नै हुम्लामा कारागारको भवन नभएका कारण विभिन्न समस्या उत्पन्न भएको बताउनु भयो । कारगारको भवन निर्माणको अन्तिम चरणमा रहेको र यो समस्या पनि केही समयमा पुरा हुने प्रमुख जिल्ला अधिकारी पोखरेलको भनाइ छ । त्यस्तै कैदीबन्दीहरूले प्रहरीको ठूलो मासमा खाना खानु पर्ने भएकोले पनि त्यो समस्या हुने गरेको हो । उनीहरूले गरेको माग अनुसार कारागार भित्रै सुर्तिजन्य र मादक पदार्थ सेवन पनि गर्न नमिल्ने जानकारी गराउनुभयो । हाल हुम्लामा कारागारको भवन निर्माणकै क्रममा रहेकोले प्रहरीको हिरासतमा विभिन्न घटनाका १६ जना कैदीबन्दीहरू बस्दै आएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…