जिल्ला अस्पताल इलाममा रेविज विरूद्धको भ्याक्सिन अभाव

रेविज रोग विरूद्धको भ्याक्सिन अभाव भएपछि जिल्ला अस्पताल इलाममा रेविजको सुई लगाउन आउने बिरामीहरू त्यसै फर्कन बाध्य भएका छन् ।

जिल्ला अस्पतालमा निःशुल्क लगाइने रेविज विरूद्धको भ्याक्सिन सकिएको एक साता भएको छ । केन्द्रबाट क्षेत्र भएर मात्र जिल्ला अस्पतालमा आइपुग्ने व्यवस्था रहेको यो भ्यक्सिन आउन अब केही दिन लाग्ने जिल्ला अस्पतालका इमरजेन्सी सेवाका इञ्चार्ज टीका लुईटेलले जानकारी दिए ।

केन्द्रबाट औषधि पठाएको भन्ने खबर आएपनि जिल्लामा औषधि आइ नसकेको लुईटेलले जानकारी दिए  । रेविज विरूद्धको भ्याक्सिन औषधि पसलहरूमा भने प्रतिगोटा पाँच सय रुपियाँ पर्ने गरेको छ । जिल्ला अस्पतालमा दैनिक एक/दुई जना बिरामी रेविज विरूद्धको भ्याक्सिन लगाउन आउने गरेको लुईटेलले जानकारी दिएका छन् ।


कोकिला ढकाल