जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने योजनामा अलपत्र : नागरिकलाई सास्ती
जिल्ला अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने योजना अलपत्र परेको छ ।
स्वास्थ्य सेवा कार्यालयले ०७८ वैशाखमा आरोग्य सुवेदी निर्माण सेवासँग तीन वर्ष भित्रमा भवन निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरेको थियो । तर निर्माणको ठेक्का पाएको कम्पनीले भुक्तानी नपाएको भन्दै तीन महिना देखि काम अलपत्र छोडेको छ । जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गरेर नागरिकलाई थप विशेषज्ञ सेवा दिने उद्धेश्य सहित निर्माणाधीन अस्पतालका दुई ओटा भवनको काम तीन महिनादेखि अलपत्र परेको हो । भवन निर्माणको काम अन्तिम चरणमा पुग्नै लाग्दा अलपत्र परेपछि थप विशेषज्ञ सेवा पाउने आशामा रहेका नागरिक दुखी छन् ।
स्थानीय विष्णु प्रसाद गौतमले समयमै भवन निर्माण सम्पन्न हुने र जिल्लाबाटै विशेषज्ञ सेवा पाउने हराएको बताउनुभयो । ‘कोरोनाको बेला नागरिकले धेरै दुःख पाए, जिल्ला अस्पतालको क्षमता विकास, संरचना सुधार र जनशक्ति थप नै आवश्यकता हो, भवन निर्माण थालेपछि मनमा खुसी छाएको थियो, जटिल परिस्थिति बाहेक जिल्ला बाहिर जानुपर्दैन् होला भन्ने लागेको थियो’ उहाँले भन्नुभयो ‘फेरि जिल्ला अस्पतालको भवन निर्माण अलपत्र परेको खबरले दुखी बनाएको छ ।’
निर्माण कम्पनीको बैंक ग्यारेन्टी नभएर म्याद थप हुन नसक्दा भवन निर्माणको काम अलपत्र अस्पताल स्रोतले जनाएको छ । गत चैत्र महिनामा भवन निर्माणको म्याद सकिएको थियो । म्याद थप गर्न निर्माण कम्पनीले बैंक ग्यारेन्टीका लागि रकम जम्मा गर्नुपर्ने हुन्छ तर कम्पनीले रकम जम्मा गर्न आनाकानी गर्दा काम अगडि बढ्न नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले जानकारी दिनुभयो ।
जिल्ला अस्पताललाई ५० शैयामा विस्तार गर्न सङ्घीय सरकारको ३३ करोड रुपियाँ रकम मध्ये करिब १८ करोड रुपियाँमा यस कम्पनीसँग ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको थियो । ‘विभिन्न कारण देखाएर ठेक्काको काम पटक पटक रोकिएको छ, यसअघि करिब ११ महिना काम रोकिएको थियो, केही समय कामले गति लियो तर फेरि अहिले काम रोकिएको छ, भवन निर्माणको करिब ६५ प्रतिशत भौतिक प्रगति भएको देखिन्छ, संरचना तयार गर्नुपर्ने अझै धेरै काम बाँकी रहेको उहाँले बताउनु भयो ।
५० शैया सञ्चालनमा समस्या
२०४४ सालमा स्थापना भएको १५ शैयाको अस्पताल अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । अस्पतालले आफ्नै प्रयासले अहिले ४० शैयाको व्यवस्था गरेर बिरामीलाई सेवा दिँदै आएको छ । भवन निर्माण सम्पन्न गरेर यसै वर्षबाट अस्पताललाई ५० शैयामा विस्तार गरेर थप सेवा शुरु गर्ने स्वास्थ्य सेवा कार्यालयको योजना थियो तर काम अलपत्र हुदाँ समस्या भएको डा. बुढा मगरको भनाइ छ ।
जिल्ला अस्पतालमा सल्यान सहित रुकुम पश्चिम र रोल्पा जिल्लाका बिरामीहरु उपचारका लागि आउने गर्दछन । अहिले पनि दैनिक १ सय ५० बढी बिरामी उपचारकै लागि आउँछन् । ‘कतिपय बिरामीलाई भर्ना गरेर उपचार गर्नुपर्छ, हामीसँग बेडको अभाव छ, जनशक्तिको अभाव छ, संरचनाको अभाव छ’ उहाँले भन्नुभयो ‘यसैवर्ष देखि ५० शैयामा सञ्चालन गर्नेमा ढुक्क थियौँ, तर भवन नै पुरा हुन सकेन् ।’
डा. बुढा मगरका अनुसार स्रोतसाधनकै अभावका कारण अस्पतालमा १ करोड रुपियाँ बढी खर्चेर किनेको भेन्टिलेटर मेसिन तीन वर्षदेखि थन्किएको छ । ‘भेन्टिलेटर सेवा सञ्चालनका लागि विशेषज्ञ डाक्टरसहितको दक्ष टिम चाहिन्छ, दक्ष जनशक्ति भए आईसीयू सञ्चालनमा ल्याउन सकिन्छ, अहिलेसम्म आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन् , कसरी भेन्टिलेटर सेवा सञ्चालन गर्नु, खरिद गरेका उपकरण प्रयोगमा नआएर थन्किएका छन्, तत्काल ५० शैया सञ्चालन गर्ने योजना पनि सफल हुने भएन ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…