जिल्ला अस्पतालमा स्रोत साधनको अभाव : एक बालकको मृत्यु
सिमिकोट गाउँपालिका– ६ स्थित पाबाडाका ६ महिनाका बालक इमरान सुनारको उपचारकै क्रममा साउन २६ गते मृत्यु भएको छ ।
रुघाखोकी लागेर साउन १६ गते जिल्ला अस्पतालमा लगेपनि जिल्ला अस्पतालमा उपचारका लागि आइसियु,भ्यान्टीलेटर र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा बालकको मत्यु भएको मृतक बालकका बुवा सुर सुनारले आरोप लगाउनु भयो ।
उहाँका अनुसार छोरालाई रुघाखोकी लागेर जिल्ला अस्पतालमा लगे पनि उपचार हुन नसकेपछि उपचारका क्रममा मृत्यु भएको बताउनु भयो ।
बालकलाई कडा निमोनिया, झाडा पखाला र रुघाखोकी लागेर अवस्था गम्भीर देखेपछि उपचार गर्न स्रोत साधन को अभाव र बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा जिल्ला अस्पतालले साउन १८ गते जिल्ला बाहिर सुविधा सम्पन्न हस्पिटलमा रिफर गरेको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिनु भयाे ।
अस्पतालले रिफर गरेपनि हुम्लामा नियमित रुपमा हवाई सञ्चालन नभएकै कारण जिल्ला बाहिर उपचार गराउन जान नसकेको मृतक बालकका बुवा सुनारले बताउनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…