जिल्ला अस्पतालमा बिरामी बढेपछि उपचारमा समस्या
दैनिक भाइरल ज्वरोका बिरामीको सङ्ख्या वृद्धि भएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारमा समस्या भएको छ । बिरामीको सङ्ख्या बढेपछि अस्पताल बाहिर शैया थपेर उपचार भइरहेको तथा औषधिको समेत समस्या भएको अस्पताल प्रशासनको भनाई छ ।
१५ शैयाको जिल्ला अस्पतालमा दैनिक पाँचदेखि सात जनाको दरले बिरामी भर्ना हुनेमा हाल सरदर ५० जना बिरामी दैनिक भर्ना भई उपचार गराउँछन् ।
जिल्ला अस्पतालमा शैयाको अभाव भएपछि बाहिरै पनि बिरामीको उपचार गरिएको जिल्ला अस्पतलाका प्रमुख डा. जगनाथ तिवारीले जानकारी दिए ।
जिल्ला अस्पतालमा दिनमा २ लाख रुपियाँसम्मको औषधि खपत हुँदै आएको छ । अस्पतालमा डाक्टरको दरबन्दी सङ्ख्या तीन रहेकोमा तीनै जना डाक्टर कार्यरत संलग्न छन् । बिरामीको सङ्ख्या बढे पनि डाक्टर सीमित सङ्ख्यामा रहेका कारण उपचार व्यवस्थापनमा समस्या भइरहको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालका डाक्टर तिवारीले अस्पतालमा निःशुल्क पाइने औषधीको समेत अभाव हुन लागेको बताए । बिरामीले सबै प्रकारका निःशुल्क औषधि पाउन सकेका छैनन् । तिवारीले अस्पताल बाहिरबाट औषधि किनेर भएपनि बिरामीलाई उपलब्ध गराउने योजना रहेको बताए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…