जिल्ला अस्पतालमा बिरामीले पिउने पानी नभएको सेवाग्राहीको गुनासो
तानसेनमा रहेको पाल्पा जिल्ला अस्तापलमा पाँच महिना यता पिउने पानीको अभाव भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
अस्पतालमा पानीको अभाव हुँदा उपचारका लागि आउने बिरामी र बिरामीका कुरुवाले पानी पिउनका लागि अस्पताल बाहिर जानुपरेको बताएका छन् । यसअघि खानेपानी उपभोक्ता समितिले धारा जडान स्थल परिवर्तन गरेपछि धारामा पानी आउन छाडेको बताइएको छ ।
'अस्पतालमा पिउने पानी नभएकै कारण बाहिरबाट किनेर ल्याएर खानुपरेको छ ।'-तानसेन ४ सिल्खानटोलका बिरामीका कुरुवा शालिकराम अधिकारीले भने । अस्पतालमा बिरामीका लागि पिउने पानी र शौचालयमासमेत पानीको अभाव रहेको उनले बताए ।
अस्पतालमा रहेका दुई वटा वाटरगार्डबाट समेत पानी आउँदैन । मदनपोखरा-३ का ७६ वर्षीय बिरामी मानबहादुर सार्कीले पनि अस्पतालमा उपचारका लागि आउँदा पिउने पानीसमेत नपाएको र बाहिरबाट किनेर खानुपरेको बताए ।
अस्पतालमा दैनिक ५० जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । चार/पाँच जनाको सङ्ख्यामा भर्ना भएका बिरामी पनि हुन्छन् । बिरामीका लागि मात्रै दैनिक २ हजार लिटर पानी आवश्यक भएपनि अस्पतालको धारामा एक सातामा ५ सय लिटर मात्रै पानी आउने गर्छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. पुरन बज्राचार्यले अस्पतालमा पानी अभाव भएको बताउँदै बेलाबेलामा ट्याङ्करबाट पानी ल्याउने गरेको जानकारी दिए । उनले ट्याङ्करमा ल्याएको पानी पर्याप्त नभएपनि केही हदसम्म भएपनि समस्या समाधान गरिएको बताए । तानसेन खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष समेत रहेका बज्राचार्यले अस्पतालका लागि भन्दै छुट्टै धारा दिन मिल्ने अवस्था नरहेकोले पनि समस्या समाधान हुन नसकेको धारणा राखे ।
तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चकोरमान शाक्यले यसअघि अस्पतालमा मासिक ६० हजार लिटरसम्म पानी दिने गरेकोमा अहिले समानुपातिक वितरण अन्तर्गत कटौती गरिएको बताउँदै यसको समाधानका लागि पहल गर्ने बताए ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…