जिल्ला अस्पतालमा पानीको अभाव : सेवाग्राहीलाई सास्ती
जिल्ला अस्पतालमा पानीको अभाव हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । सल्यान जिल्लासहित रुकुम र रोल्पा जिल्लाका सेवाग्राही समेत आउने जिल्ला अस्पतालमा करिब एक महिनादेखि पानीको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको हो । अहिले जिल्ला अस्पतालमा आएका सेवाग्राहीले पिउने पानीको पनि अभाव खेपिरहनु परेको छ ।
यस्तै पानीको अभावका कारण अस्पतालमा भएका शार्वजनिक शौचालय प्रयोगमा समेत समस्या भएको छ । १५ शैयाको जिल्ला अस्पतालमा नियमित पानी नआएपछि सेवा लिन आएका बिरामी लगायत अस्पतालको सरसफाइमा समेत समस्या देखिएको छ ।
त्रिवेणीका अरुणा खड्कालले अस्पतालमा पानीको अभाव हुँदा सुत्केरीको सरसफाइ गर्न, कपडा धुन समस्या भएको बताउनुभयो । ‘सुत्केरी आमा र बच्चाको कपडा सफा गर्न पानी नहुँदा साह्रै समस्या भयो, पर्याप्त पानी नै भएन्, शौचालय पनि पानीकै अभावमा सफा देखिएन’ उहाँले भन्नुभयो ‘पानीकै अभावका कारण जिल्ला अस्पतालम समस्या देखियो ।’
पहिले अस्पतालमा दैनिक आउने पानी आजभोली २/३ दिन बिराएर आउदा पानीको अभाव देखिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन कुमार बुढा मगरले बताउनुभयो । ‘पहिले पानी पर्याप्त थियो, तर विगत एक महिनादेखि पानीको अभाव देखिएको हो, श्रीनगरको पानी लिफ्ट मार्फत आउँछ, त्यसमा अस्पताललाई तीन ओटा धारा दिइएको छ, तर पछिल्लो समय पानीको माग धेरै हुँदा दिन बिराएर पानी आउने गरेकाले केही समस्या भएको हो’ उहाँले भन्नुभयो ।
डा. बुढा मगरले अस्पतालमा आउने पानीलाई नियमित बनाउनको लागि खानेपानी समितिसँग कुरा गरिएको र यसलाई नियमित बनाइने बताउनुभयो । ‘विद्युतको भोल्टेजका कारण पानी पर्याप्त लिफ्टिङ नभएको रहेछ, माग भन्दा पानी कम हुँदा समस्या भएको हो’ उहाँले भन्नुभयो ‘अबको केही दिनमा यो समस्या समाधान हुन्छ ।’
खलंगा शितलपाटी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केशव बुढाथोकीले मुहानमा पानी पर्याप्त भएपनि विद्युतको भोल्टेज नपुग्दा पानी पम्पिङ गर्न समस्या भएको र जसका कारण उपभोक्ताको लागि दैनिक पानी वितरण गर्न नसकिएको बताउनुभयो ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…