जिल्ला अस्पतालमा दुई महिनादेखि औषधि अभाव
जिल्ला अस्पताल जाजरकोटमा दुई महिनादेखि सिटामोल, आईरनचक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिलीन, बुस्कोपान, कोट्रिम, भिटामिन बि कम्प्लेक्स, जिंक ट्यावलेट, जेन्टामाईसिन, सिप्रोलगायतका औषधिको अभाव भएको छ ।
नेपाल सरकारले जाजरकोट जिल्ला अस्पताललाई दुई वर्षअघि १५ शैयाबाट स्तरोन्नती गरी ५० शैयाको बनाइए पनि औषधि अभाव र चिकित्सक नहुँदा उपचार सेवामा सुधार हुन सकेको छैन ।
जिल्ला अस्पताल कागजी रूपमा स्तरोन्नती गरिएपछि सरकारले निशुल्क औषधि दिन बन्द गरेको छ । बजेट अभावमा अस्पतालले समयमा औषधि खरिद गर्न नसक्नु र सरकारले निशुल्क वितरण गर्नु पर्ने औषधि नपठाउँदा समस्या आएको हो ।
५० शैया नाम मात्रको छ । बेड २५ वटा राखिएका छन् । तर स्तरोन्नती गरिएअनुसार जनशक्ति, पुर्वाधार र अन्य व्यवस्थापन शुन्य जस्तै छ । औषधि, आवश्यक उपकरण, दक्ष चिकित्सक, पुर्वाधार, खानेपानी तथा सरसफाई, व्यवस्थित प्रयोगशाला र ब्लड बैङ्कलगायत अभाव रहेको छ । आठ जना डक्टरको दरबन्दी रहेको जिल्ला अस्पतालमा हाल एक डक्टर करारमा कार्यरत छन् ।
सरकारले जिल्ला अस्पतालमा ७२ प्रकारका औषधि निशुल्क वितरण गर्ने भनिएपनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन् । मौसम परिवर्तनसँगै अस्पतालमा बिरामीको चाप दिनानुदिन बढ्दो क्रममा छ । तर, निशुल्क पाइने औषधि समेत नपाइँदा सेवाग्राही मर्कामा परेका छन् ।
भेरी नगरपालिका-३ की बिमला बिक टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन् । चेकजाँचपछि उनलाई स्वास्थ्यकर्मीले औषधि लेखिदिए । तर, अस्पतालमा औषधि पाइनन् ।
आर्थिक अवस्था कमजोर भएका बिरामी बढी समस्यामा परेको महिला अधिकारकर्मी आशा कार्कीले बताइन् । उनले भनिन्-'अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएल समेत अभाव छ । तर, अभाव भएको औषधि कसले आपूर्ति गर्ने हो यस विषयमा न अस्पतालले कुनै पहल गरेको छ नत सरकारले चासो देखाउँछ ।'
औषधिको आपूर्तिको लागि जिल्ला अस्पतालले भेरी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटबाट औषधि खरिदका लागि बजेट छुट्याइदिन अनुरोध गरेको थियो । नगरपालिकाले भने २५ शैयाको अस्पतालमा मात्र औषधि पुर्याउने आफ्नो क्षेत्राधिकार भएको भन्दै बजेट विनियोजन नगरिएको जनायो ।
५० शैयाको अस्पतालको मापदण्ड भनेको विशेषज्ञ सेवा सञ्चालन गर्ने हो तर हालसम्म दरबन्दी अनुसार एकजना पनि विशेषज्ञ चिकित्सक आएका छैनन् ।
सेवामा कुनै सुधार नभएपनि जिल्ला अस्पताललाई दिइने निशुल्क औषधि त दिइनु पथ्र्यो, त्यो पनि कटौती भएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष भिम बहादुर सिंले भने-'न विशेषज्ञसहित अस्पताल बन्यो न निशुल्क औषधि दिने अस्पताल नै !' अस्पताल कसको मातहतबाट चल्ने हो स्पष्ट नहुँदा पनि सेवाग्राही समस्या भोग्न बाध्य बनेको महासङ्घ अध्यक्ष सिंहले बताए ।
जिल्ला अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत डा. अमिन शाहले औषधि सकिँदा उपचार सेवा प्रभावित भएको बताए । 'आन्तरिक श्रोतबाट खरिद गरिएका औषधिले हालसम्म जेनतेन चल्यो ।'-उनले भने-'अब कसरी उपचार सेवा चलाउने समस्या भइसक्यो, बजेट अभावमा औषधि खरिद गर्न सकेका छैनौ, नगरपालिकाले बजेट नदिदा थप समस्या भएको हो ।'
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी गाउँपालिका-२, खोलबाङका ३२ वर्षीय बिर्सी विकलाई प्रहरीले ०८१ असोज १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १६ गते बलात्कार गरेको…
आमउपभोक्ताको अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
बाढी पहिरोका घटनाबाट उत्पन्न परिस्थिति तथा चाडपर्व नजिकिँदै जाँदा यातायातका साधनहरुले तोकिएको मूल्य भन्दा बढी भाडा लिएको जस्ता सूचनाहरु सञ्चार माध्यम लगायत विभिन्न सामाजिक सञ्जालमा प्रकाशन भइरहेकोमा राष्ट्रिय मानव अधिकार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई असोज १५ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले असोज १७ गते ३४ वर्षीय बाबुलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा…
बेनिघाटका १० र गजुरीका १३ विद्यायमा पहिरोले क्षति
लगातारको वर्षा र त्यपछिको पहिरोले बेनिघाटरोराङ र गजुरी गाउँपालिकाका २३ विद्यालयलाई पहिरोले क्षति पुर्याएको छ । असोज १०, ११, र १२ गतेको वर्षाले विद्यालयमा समेत पहिरो आएका कारण १० विद्यालयलाई…
वैवाहिक बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निजका ३२ वर्षीय पतिविरुद्ध पीडितले ०८१ असोज १७ गते इलाका प्रहरी कार्यालय गरुडामा उजुरी दिनुभएको छ। आरोपित पतिले ०८१ साउन २५ गते आफूलाई बलात्कार गरेको भन्दै…