जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो ।
गुणस्तरीय सेवा विस्तारका लागि जनशक्तिको सधैँ अभाव भइरहने भएकाले समान्य अप्रेसन गर्नु पर्ने बिरामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला,कर्णाली प्रदेश अस्पतालमा रिफर गर्नु परिरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भीष्मप्रसाद पोख्रेलले बताउनु भयो । उहाँ सरकारले ५० शय्या अस्पतालको अुनमति दिने निर्णय गरे पनि प्रदेश सरकारले त्यसलाई रोकेका कारण जिल्ला अस्पताल गुणस्तरहिन भएको बताउनु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले कर्णाली प्रदेश सरकारसँग समन्वय गरी राम्रो भौतिक संरचनाको भरपुर उपभोग गर्दै बिरामीलाई गुणस्तरीय सेवा दिनु पर्नेमा जोड दिनुभयो । सामान्य ग्यास्टीकका कारण पेट दुखेपछि जिल्ला अस्पतालले आन्द्रामा घाउछ अप्रेसन गर्नु पर्छ भनेपछि जुम्ला जानु परेको स्थानीय विरेन्द्र बुढाले दुखेसो गर्नुभयो । अस्पतालका कर्मचारीले जनशक्तिको व्यवस्थापन गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।
नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनि उल्लेख गरिए पनि अस्पतालमा सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…