जिल्ला अस्पतालमा कर्मचारी अनियमित हुँदा सेवा प्रभावित

जिल्ला अस्पताल रुकुम पूर्वमा कर्मचारीहरू अनियमित हुँदा सेवा प्रभावित बनेको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र डाक्टरको अनियमितता र मनोमानीले सेवाग्राहीलाई सास्ती भइरहेको स्थानीयले समेत गुनासो गरेका छन् ।

जिल्ला अस्पतालका कर्मचारीहरू मनोमानी ढङ्गले बिदामा बस्न,े  बिदा स्वीकृत नगरी लामो समय सम्म बिदामा बसिदिने र पुनः अस्पताल फर्के पछि अस्पताल नआएको दिनको हाजिरी गर्ने लगायत स्वास्थ्य जस्तो संवेदनशील सेवा दिनेमा अस्पतालका कर्मचारीले अनियमिता गरिराखेको अस्पतालका एक सहयोगी कर्मचारीले जानकारी दिनु भयो ।

अस्पतालमा स्वास्थ्यकर्मीदेखि चिकित्सक समेतले कार्यालयको मर्यादा विपरित मनोमानी ढंगले अस्पाताल आउने र बाहिर जाने गर्नाले बिरामीलाई उपचारमा ढिलाईको साथै अस्पताल अस्तव्यस्त अवस्था रहेको छ ।

अस्पतालमा कर्मचारीको अनियमिता र विभिन्न समस्या रहेको भन्ने जनगुनासो आइरहेकोले समय–समयमा अस्पताल अनुगमन गरि राखिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताउनु भयो ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशिल क्षेत्रमा कर्मचारीको लापरवाही नगर्न अनुगमनको क्रममा अस्पतालका कर्मचारीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी राईले बताउनु भयो ।

अस्पताल परिसर भित्र र बाहीर सरसफाइका साथै कोभिड विरूद्धको सचेतनामुलक पोष्टर राख्ने, तत्काल कार्यालयमा वडापत्र राख्न, गुनासो पेटीका राखेर  गुनासोलाई सम्बोधन गर्न,  चिसो बढी रहेकोले विरामी लगायत सेवाग्राहीको लागि कार्यालयमै तातो पानीको व्यवस्था र शौचालयको उचित व्यवस्था गनर्, औषधिको अभाव हुन नदिर्न  दिर्नेशन दिइएको प्रजिअ राईले बताउनु भयो ।


जयमान बुढा मगर