जिल्ला अस्पतालमा औषधि अभाव, बिरामीलाई समस्या
जिल्ला अस्पताल पर्वतमा उपलब्ध हुनुपर्ने औषधि नै नभएपछि बिरामीहरूलाई औषधोपचारमा समस्या भएको छ ।
नार्कोटिक ग्रुप अन्तर्गत पर्ने मर्फिन र प्याथोडिन नामक औषधि जिल्ला अस्पताल पर्वतमा नभएपछि बिरामीलाई पोखरा रिफर गर्नुपरेको जिल्ला अस्पताल पर्वतका डाक्टर विष्णु भण्डारीले बताए ।
उक्त औषधि निजी क्लिनिकहरूले बिक्रीवितरण गर्न समेत अभिलेख राखेर मात्रै चिकित्सकको सल्लाह बमोजिम बेच्न पाउने तर सरकार मातहतका अस्पतालमा अनिवार्य हुनुपर्ने र चिकित्सकको प्रत्यक्ष निगरानीमा उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि जिल्ला अस्पतालमा उक्त औषधि नभएको डाक्टर भण्डारीले बताए ।
औषधि उपलब्ध नभएपछि पेटको समस्याले जिल्ला अस्पतालमा उपचारका लागि आएका कुश्मा नगरपालिका–७ खरेहाका बाबुराम पौडेललाई माघ २५ गते जिल्ला अस्पताल पर्वतले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा रिफर गरेको थियो ।
जिल्ला अस्पताल पर्वतका डाक्टर भण्डारीले आपूmले पटकपटक व्यवस्थापन समितिसँग औषधिसम्बन्धी गुनासो गरेको भएपनि लामो समयसम्म माग गरिएको औषधि उपलब्ध नभएको बताए ।
कुश्मा नगरपालिका–५ का गोकुल चापागाईँले अस्पतालमा उपलब्ध हुनुपर्ने औषधि नभएको भन्दै व्यवस्थापन समितिसँग गुनासो राख्दा समेत चासो नदिएको आरोप लगाए ।
जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले औषधि खरिदका लागि केही दिन अघि मात्रै टेण्डर भएको र उपलब्ध हुनुपर्ने औषधिहरू छिट्टै ल्याउने प्रयास भइरहेको बताए ।
औषधि खरिदका लागि जिल्ला अस्पताल पर्वतमा बजेट नभएको र औषधि खरिदको रकम स्थानीय कुश्मा नगरपालिकासँग रहेको हुँदा समस्या भएको उनले बताए ।
अस्पतालका चिकित्सकहरूका अनुसार नार्कोटिक गु्रप अन्तर्गतका औषधिलाई कतिपयले लागू औषधको रूपमा पनि प्रयोग गरेका छन् ।
यही कारण उक्त औषधिलाई सरकारको स्वीकृति बिना बेच्न मनाही गरिएको छ । तर, सरकारबाट नै सञ्चालित जिल्ला अस्पतालमा नै लामो समयदेखि औषधि नहुँदा बिरामीहरू भने मर्कामा परेका छन् ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…