जिल्ला अस्पतालमा एक महिनादेखि औषधि अभाव
औषधि खरिदका लागि नगरपालिकाबाट बजेट निकाशा नभएपछि बिगत एक महिनादेखि जिल्ला अस्पताल जाजरकोटमा औषधि अभाव भएको छ ।
जिल्ला अस्पतालमा गज, कटन, ग्लोप्स, आरएल, सिप्रो, सिटामोल, मेट्रोलगायतका औषधि अभाव भएको जिल्ला अस्पतालका स्टोर किपर दशरथ लामिछानेले बताए ।
जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने सरकारको नीति भएपनि हाल जिल्ला अस्पताल जाजरकोटमा ३५ प्रकार भन्दा बढी औषधि नभएको जिल्ला अस्पतालका स्टोर किपर लामिछाने बताउँछन ।
अस्पतालबाट वितरण हुने औषधि बिरामीले नपाउँदा मेडिकलबाट महङ्गोमा औषधि किन्न विरामी बाध्य भएका छन् ।
अस्पतालमा स्वास्थ्य परीक्षणपछि बिरामीलाई औषधि छैन भन्दै चिकित्सकले निजी मेडिकलमा सिफारिस गर्ने गरेको बिरामी राजबहादुर बुढाले गुनासो गरे ।
स्वास्थ्य संस्थामा औषधि नपाउँदा बिपन्न बिरामी उपचारबाट वञ्चित भएका छन् । भेरी नगरपालिकाले समयमा बजेट निकाशा नगरिदिँदा औषधि अभाव भएको अस्पतालका कर्मचारी बताउँछन् ।
नगरपालिकाले अस्पताल शुद्धिकरणमा आएको २४ लाख बजेट निकाशामा आलटाल गर्दा समस्या भएको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. चादनी जैसवालले बताइन् ।
औषधि खरिद, सरसफाई, मर्मत सम्भार, छपाई, फार्मेसी सञ्चालनलगायतका कार्यमा आएको उक्त बजेटलाई नगरपालिकाले निकाशा नदिएको उनले बताइन् ।
उता अस्पतालबाट बजेट मागका लागि कुनै पत्र नपठाएको बजेट निकाशा गरिदिन मात्र भनेर दुई दिन अघिमात्र पत्र पठाइएको भएपनि अहिले बजेट सिलिङसहित माग गर्नु पर्ने भएको हुँदा बजेट निकाशा हुन नसकेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए ।
अस्पतालबाट आवश्यक कागजात पूरा गरी बजेट माग नगर्दा बजेट निकाशा गरिदिनका लागि समस्या भएको समेत उनले बताए ।
अस्पतालमा शल्यक्रियाका लागि भर्ना गरिएका बिरामीका लागि आवश्यक औषधि उपलब्ध नगराई जिल्ला अस्पतालमा उपलब्ध गराइने औषधिसमेत अभाव भएको भन्दै नजिकैको मेडिकलमा किन्न लगाउने गरेको भेरी नपा-४ का विवशविक्रम शाह बताउँछन् ।
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…