जिल्ला अस्पतालमा एक महिनादेखि औषधिको अभाव विपन्न वर्गका बिरामी प्रभावित
जिल्ला अस्पताल सल्लेमा एक महिनादेखि औषधिको अभाव भएपछि गरिब तथा विपन्न वर्गका बिरामीलाई उपचारमा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालयले औषधि नपठाउँदा र स्थानीय तहले औषधि खरिद नगर्दा औषधि अभाव भएको हो । जिल्ला अस्पतालका प्रमुख डक्टर सविन पोखरेलका अनुसार अस्पतालमा करिब एक महिनादेखि सिप्रो, ब्रुफिन र सिटामोललगायतका औषधिको अभाव रहेको छ ।
औषधिको अभावमा पैसा हुने बिरामीहरूले मेडिकलबाट किन्ने गरेपनि आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप समस्या भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था भएपनि यतिबेला कुनै पनि औषधि नपाइएको सेवाग्राहीले गुनासो गरेका छन् ।
अस्पतालमा निःशुल्क औषधि नपाएपछि बिरामी नजिकैका मेडिकलबाट महङ्गो मुल्य तिरेर औषधि किन्न बाध्य भएका छन् । मुसिकोट नपा-१३ का विनोद खड्काले अस्पतालमा औषधि नपाएपछि महङ्गोमा मेडिकलबाट औषधि किनेको बताए । आफूलाई अस्पतालमा चेकजाँच मात्र भएको र औषधि किन्न डक्टरले मेडिकलमा पठाएको उनको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयका लागि समेत अहिले औषधि खरिद प्रक्रियामा अन्यौलता हुँदा यो समस्या आएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख डक्टर शुसील पोखरेलले बताए । अहिले जिल्ला अस्पतालमा मात्र नभएर जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा समेत औषधि अभाव भएको छ ।
गोदाममा रहेको औषधि समेत सकिएको र नयाँ औषधि खरिद प्रक्रिया अगाडि नबढ्दा समस्या भएको जनाइएको छ । औषधि अभावको विषयमा केन्द्र र क्षेत्रमा समेत जानकारी गराएपनि कुनै सुनुवाइ नभएको जिल्ला स्वास्थ्य कार्यालय रूकुमले जनाएको छ । रूकुम पूर्व र पश्चिम दुवै जिल्लामा गरी एक अस्पताल, ४१ स्वास्थ्य चौकी र दुई प्राथमिक उपचार केन्द्र रहेका छन् ।
यसैबिच मुसीकोट नगरपालिका प्रमुख देवीलाल गौतमले भने जिल्ला अस्पतालमा आएको औषधि चोरी हुने गरेपछि औषधि अभाव हुने गरेको जानकारी दिएका छन् ।
औषधि चोरी हुने गरेको जानकारी पाएपछि आफूले अनुगमन गरेको र त्यस क्रममा उक्त कुरा पुष्टि भएको भन्दै आगामी दिनमा त्यस्तो भेटिए कारबाही गर्ने उनको भनाइ छ । नगरपालिकामा आएको औषधि खरिदको बजेटबाट तत्काल खरिद प्रक्रिया अगाडि बढाइने पनि उनले बताए ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…