जिल्ला अस्पतालको अक्सिजन प्लान्ट मर्मत नहुँदा बिरामी मर्कामा
जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट बिग्रिएको दुई महिना बितिसक्दा समेत मर्मतसम्भार नगरिदा स्वासप्रस्वार तथा दमलगायतका बिरामीहरु मर्कामा परेका छन् । अस्पतालमा रहेको अक्सिजन प्लान्ट मेशीनमा खरावी आएपछी दुई महिनासम्म मर्मत नहुँदा बिरामी समस्यमा परेका हुन् ।
अक्सिजन प्लान्टमा खराबी आएपछि जिल्ला अस्पताल, बाजुरामा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएको जिल्ला अस्पताल, बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिनु भयो । जिल्ला अस्पतालमा रहेको प्लान्ट मर्मत नहुँदा बिरामीहरुलाई अछाम जिल्लाको बयालपाटा अस्पताल र धनगढी रिफर गर्नु पर्ने बाध्याता रहेको सूचना अधिकारी गिरीको भनाइ छ ।
बडिमालिका नगरपालिका– ८ की कान्ति रावल दमको बिरामी हुन् । उनलाई अक्सिजन सधै जसो आवश्यक हुन्छ तर जिल्ला अस्पताल, बाजुरामा रहेको अक्सिजन प्लान्ट दुई महिनादेखि बिग्रदा अछाम जिल्लाको बयालपाटा गएर उपचार गर्नु पर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
उहाले भन्नुभयो– हरेक हप्ता अक्सिजन लिनु पर्ने बाध्यता छ । जिल्ला अस्पतालमा अक्सिजन प्लान्टमा समस्या आएपछि सास्ती खेप्नुपरेको छ । जिल्ला अस्पताल, अछाम जानु पर्ने बाधयता छ । आर्थिक अभावले गर्दा नियमित उपचार गर्न सकिरहेको छैन् । स्वास्थ्यमा थप जटिलता थपिएको छ ।
दुई महिना अगाडी बिग्रीएको मेशीन मर्मतपछि केही दिन सञ्चालनमा आएको भए पनि फेरी मेशिनमा पुनः खराबी आएकोले हाल जिल्ला अस्पतालमा अक्सिजन अभाव भएको र मेशिनको पाठपुर्जा नेपालमा नपाइने भएकोलेले चीनबाट मगाइएकोले मर्मतमा ढिलाई भएको जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गरीले बताउनु भयो ।
जिल्ला अस्पतालमै भर्ना भएर उपचारमा रहेका स्वासप्रस्वास तथा दमका बिरामीहरुलाई अक्सिजन अभावका कारण अन्य अस्पताल रिफर गर्नु पर्ने भएकोले बिरामीहरुले समस्या भोग्नुपरेको सूचना अधिकारी गरीले बताउनु भयो ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…