जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप
मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच असार ५ गते जिल्ला अदालत अगाडि झडप भएको छ ।
मृतक आरतीकुमारी साहको ०८० जेठ ७ गते दाइजोको कारण परिवारजनबाट हत्या भएको पीडित पक्षको आरोप रहेको छ । घटनामा संलग्न आरोपितहरूलाई प्रहरीले जोगाउन खोजेको भन्दै पीडित (माइती) पक्षले अदालत अगाडि प्रदर्शन गर्दै ढुङ्गामुढा समेत गरेका छन् ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले लठ्ठी चार्ज गर्दा चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा नगराईन नगरपालिका–८ खिरखिरिया का ३२ वर्षीया लिला देवी, ३३ वर्षीया लाडोबति देवी, ३१ वर्षीय कृष्ण साह र ३६ वर्षीय प्रवीण साह रहेका छन् । सोही ठाउँका ३७ वर्षीय गोविन्द साह गिरफ्तार भएका छन् । घाइतेहरूको प्रादेशीक अस्पताल, जनकपुरमा उपचार भइरहेको पीडित पक्षले बताउनु भयो ।
पीडित पक्षले घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप रहेको छ । तसर्थ, प्रदर्शन गरिरहेका पीडित पक्षले जिल्ला प्रहरी कार्यालयका एसपी, डीएसपी, जिल्ला न्यायाधिवक्ता, पोस्टमार्टममा संलग्न डाक्टरमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, र आरतीको हत्या घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले गर्नुपर्ने सहितको ६ बुँदे माग राखेका छन् ।
न्याय तथा हत्या घटनाका आरोपितहरूलाई कारबाहीको माग गर्दै मृतकका बुबा आमासहित पीडित परिवारजन असार २ गते देखि काठमाडौंमा धर्नामा बसेका छन् ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…