जिल्लास्तरीय नागरिक सञ्जाल गठन

जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले बेलाबेलामा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि गणेश महतको संयोजकत्वमा १३ सदस्यीय जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको छ ।

चैत २४ गते सदरमुकाममा आयोजित कार्यक्रमबाट नेपाल पत्रकार महासङ्घका अर्जुन बोहोरा, मानव अधिकार एलाइन्सका पदमराज हमाल, गैरसरकारी संस्था महासङ्घका पर्वत सुनार, महिला मानव अधिकार रक्षक सञ्जालकी गङ्गा बोहोरा, मानव अधिकार सङ्गठनका जयदेवी शाही, नागरिक समाजका प्रतिनिधिहरू विष्णु रोकाय, अदनसिंह भण्डारी र इन्सेकका जिल्ला प्रतिनिधि नन्द सिंह सदस्यमा चयन भएका छन् ।

जिल्ला स्तरीय नागरिक सञ्जालले जिल्लामा हुने मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाविरूद्ध पैरवी गर्नुका साथै जिल्लाका सबै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा सामान्य औषधि समेत नभएकाले सो समाधानका लागि आग्रह गर्ने जनाइएको छ ।


नन्द सिंह