जिल्लामा ३९ वटा मतदान स्थल अति सम्वेदनशील
जिल्लामा रहेका १ सय ५६ वटा मतदान स्थल मध्य सुरक्षा, सूचना, भौगोलिकलगायतका दृष्ट्रिकोणले विभजन गर्दा ३९ वटा मतदान स्थल अति सम्वेदनशील रहेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत मेघराज सोनिका अनुसार ७३ वटा मतदान स्थल सम्वेदनशील र ४४ वटा सामान्य रहेकका छन् । जसमा २ सय २३ मतदान केन्द्र रहेकोमा ५४ वटा अति सम्वेदनशिल, १ सय ३ वटा सम्वेदनशील र ६६ वटा सामान्य रहेका छन् ।
जिल्लामा स्थानिय तहको निर्वाचन पछि मतदातालाई मतदान गर्नको लागि सजीलो होस भनेर नौवहिनी गााउपालिकाको — १ मा एक वटा मतदान स्थल ,गौमुखी गाँउपालिकाको — ५ मा एक वटा मतदान स्थल ,स्वर्गद्धारी नगरपालिकाको— ३ र ७ मा दुई वटा मतदान स्थल , प्यूठान नगरपालिकाको— ८ मा एक वटा मतदान स्थल दुई वटा मतदान केन्द्र र मल्लरानी गाँउपालिकाको — २ मा एक वटा मतदान स्थल र दूई वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन अधिकारी देवीराम पाठकले बताउनु भयो ।
हाल जिल्लामा महिला ७७ हजार ७ सय ६९ जना, पुरुष ८१ हजार ९ सय ९० जना र १ जना अन्य गरी जम्मा १ लाख ५९ हजार ७ सय ६० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…