जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा
छेडागाड नपा–१३ थानबाडाकी तीलसरी खत्री छातिसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल, खलंगा पुगिन् । तर, विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनले कोहलपुरस्थित मेडिकल कलेजमा गएर उपचार गराइन् ।
भेरी नपा–३ मा रहेको जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा तीलसरी जस्तै अन्य बिरामी पनि सेवा नपाएपछि अन्यत्र गएर उपचार गराउँछन् । सानो समस्याका लागि महङ्गो रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यता रहेको तीलसरीका छोरा टोपबहादुर खत्रीले बताए ।
५० शैयाको जिल्ला अस्पतालमा कार्यालय प्रमुख सहित सातजना विभिन्न रोगका विशेषज्ञ डाक्टरको दरबन्दी रहेको भएपनि हालसम्म अस्पतालमा एक जना पनि विशेषज्ञ डाक्टर नआएको जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर रविन भुसालले बताए ।
विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई कोहलपुर, नेपालगञ्ज, सुर्खेत वा काठमाडौँ गएर उपचार गराउनुपर्ने बाध्यता रहेको छ ।
जिल्ला अस्पताललाई ०७२ असोज २२ गते नेपाल सरकारको मन्त्री परिषद्ले ५० शैयाको सुविधा सम्पन्न अस्पताल बनाउने निर्णय गरेको भएपनि हालसम्म दरबन्दीका डाक्टर जिल्लामा आएका छैनन् ।
जिल्ला अस्पतालमा विशेषगरी स्त्रीरोग र बालरोग विशेषज्ञको आवश्यता बढी रहेको र जिल्ला अस्पतालमा डाक्टरहरू बस्ने आवास लगायतका भौतिक संरचनाको अभावका कारण पनि जिल्लामा विशेषज्ञ डाक्टर आउन नमानेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सौरभ ढकालले बताए ।
‘जिल्लाबासीको सेवालाई मध्यनजर गरी घर भाडामा लिएर भएपनि विशेषज्ञ डाक्टरहरूको व्यवस्था गर्नुपर्छ ।’–ढकालले भने ।
बालरोग, स्त्रीरोग, हाड तथा जोर्नीरोग, रेडियोग्राफी, ल्यावलगायत सातजना विशेषज्ञ डाक्टरको दरबन्दी भएता पनि जिल्ला अस्पताल हाल करारमा कार्यरत एमबिबिएस डाक्टरको भरमा चल्दै आएको ढकालले बताए ।
विशेषज्ञ डाक्टर जिल्लामा कार्यरत भएमा जिल्लाबासीले उपचारका लागि जिल्ला बाहिर जानु पर्ने बाध्यता हट्ने डाक्टर भुपेन्द्रप्रकाश मल्लले बताए ।
मल्लले भने–‘अहिले प्रदेश सरकारले जनस्वास्थ्य, आयुर्वेद र अस्पताललाई एकै ठाउँमा गाभेर जिल्ला स्वास्थ्य सेवा कार्यालय बनाएको भएपनि दक्ष जनशक्ति नभए सम्म जनताले सहज र सरल रूपमा सेवा प्राप्त गर्न कठिनाइ छ ।’
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…