जिल्लामा असुरक्षित गर्भपतन बढ्दै
जिल्लामा असुरक्षित गर्भवतन गर्नेको सङ्ख्या बढ्दै गएको छ । चिकित्सकको सल्लाह चेकजाँच विनै मेडिकलबाट गर्भवतनका औषधि खाने र असुरक्षित गर्भवतन गर्नको सङ्ख्या बढ्दै गएको हो ।
१२ हप्ता सम्मको गर्भ सुरक्षित गर्भपतन गराउने कानुनी प्रावधान रहेको भएपनि असुरक्षित रुपमा औषधि प्रयोग गरेको तथ्याङ्कले देखाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जिल्लामा असुरक्षित गर्भपतन बढ्दै गएको एकिन तथ्याङ्क नभएको बताउनु भयो । उहाँले भन्नुभयो ‘गर्भपतन गराउने ओैषधि खाएर अत्यधिक रक्तश्राव लगायत स्वास्थ्यमा समस्या भएपछि आर्थिक वर्ष २०७९/८० मा १९ जना र ०८०/८१ जेठ मसान्तसम्म २१ जनाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आएर उपचार लिएका छन् ।’
पछिल्लो समय बढ्दो असुरक्षित गर्भपतनको जोखिमबाट महिला तथा किशोरीलाई जोगाउन जनचेतना अभिवद्धि तथा अनुगमन तथा नियमन गर्नुपर्ने आवश्यकता रहेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले लागु ओैषध, असुरक्षित गर्भपतनलाई न्युनीकरण गर्न सबै सरोकाराला निकाय एकजुट हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, असुरक्षित गर्भपतनले स्वास्थ्यमा पार्ने असरका विषयमा गाउँगाउँ सम्म जनचेचना फैलाउनु पर्ने आवश्यकता देखिएको छ ।
प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन सबैको हातेमालो जरुरी रहेको बताउनु भयो । असुरक्षित गर्भपतनका असरबारे गाउँघरमा व्यापक प्रचार प्रसार गर्नु पर्नेमा समेत उहाँले जोड दिनुभयो ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…