जिल्लाका १ सय ६८ जना बालबालिका कडाखाले कुपोषणबाट पीडित
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्लाका १ सय ६८ जना बालबालिकाहरुमा कडाखाले कुपोषण पुष्टि भएको छ ।
जिल्ला कै ६१ ओटै वडामा स्वास्थ्यकर्मी पुगेर चेकजाँच गर्दा पाँच वर्ष मुनिका बालबालिकाहरुमा कडा कुपोण देखिएको हो ।
जिल्लालाई गत असार २४ गते मात्रै पूर्ण खोप जिल्ला र पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको थियो ।
गाउँपालिकाको स्वास्थ्य शाखाले स्वाथ्यकर्मीको टोली गाउँगाउँमा खटाएर पाँच वर्ष मुनिका बालबालिकाहरुको स्वास्थ्य परीक्षण गर्दा १ सय ६८ जना बालबालिकाहरुमा कडाखालको कुपोषण पुष्टि भएको स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भयो ।
कार्कीका अनुसार महाकाली नगरपालिकामा १३ जना, शैल्यशिखर नगरपालिकामा ३५ जना, अपि हिमाल गाउँपालिकामा एक जना, मार्मा गाउँपालिकामा १५ जना, नौगाड गाउँपालिकामा ३५ जना, मालिकार्जुन गाउँपालिकामा १० जना, लेकम गाउँपालिकामा ३५ जना दुहुँ गाउँपालिकामा चार जना र व्याँस गाउँपालिकामा २० जना बालबालिकामा कडाखालको कुपोषण भेटिएको छ ।
कुल ५ हजार २ सय ५ जना बालबालिकाको स्वास्थ्य चेकजाँच गर्दा १ सय ६८ जना बालबालिकामा कडा कुपोषण भेटिएको हो ।
यसैगरी महाकाली नगरपालिकामा ८४ जना, शैल्यशिखर नगरपालिकामा १ सय १६ जना, अपिहिमाल गाउँपालिकामा पाँच जना, मार्मा गाउँपालिकामा ८५ जना, नौगाड गाउँपालिकामा १ सय ३३ जना, मालिकार्जुन गाउँपालिकामा ८० जना, लेकम गाउँपालिकामा ८२ जना, दुहुँ गाउँपालिकामा ५६ जना र व्याँस गाउँपालिकामा ६३ जना बालबालिका मध्येमखालको कुपोषणबाट पीडित भएका स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ ।
उमेर अनुसार खानाको व्यवस्था हुन नसक्नुु, आमाले बच्चा छिटो पाउनु, पोषणयुक्त तथा भिटामिनयुक्त खानेकुराको उपलब्धता हुन नसक्दा बालबालिकामा कुपोषण देखिएको बरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो ।
स्वास्थ्य कार्यालय, दार्चुलाले जिल्लाभरीका स्वास्थ्यकर्मीलाई जिल्लाका ६१ ओटै वडाकाबस्तीमा पठाएर पाँच वर्ष मुनिका बालबालिकाको पोषणको अवस्था लेखाजोखा गरेको थियो ।
जेड स्कोर मापनको आधारमा स्वास्थ्य कार्यालय, दार्चुलाले जिल्लाको कुपोषणको अवस्थाबारे तथ्याङ्क निकालेको जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयोे ।
मार्मा गाउँपालिका स्वास्थ चौकी प्रमुख दिनेशसिंह धामीले स्वास्थ्य कार्यालयबाट नियमित रूपमा कुपोषण चेकजाँच भइरहेको बताउनु हुन्छ । हामीले यो कार्यक्रम निरन्तर जारी राखेका छौँ, धामीले भन्नु भयो, त्यस बाहेक नियमित स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने छौँ ।
महाकाली नगरपालिकाका प्रमुख नरसिह चैसिरले स्वास्थ्य शाखा र पोषण शाखा मार्फत पोषणसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनु भयो ।
उहाँले हरेक बस्ती समिटिने गरी स्वास्थ ईकाई स्थापना र स्वास्थ संस्था सुदृढीकरण गरेर हरेक ठाउँसम्म महिला तथा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिइने बताउनु भयो ।
पोषण कार्यक्रम सरकारी तथा गैरसरकारी संस्था मार्फत सञ्चालन गरिदै आइएको भएपनि ग्रामीण क्षेत्रसम्म पोषण कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक देखिएको छ ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…