अधिकांश स्थानीय तहका विद्यालयमा निःशुल्क शिक्षा कार्यान्वयन नहुँदा समस्या
नेपालको संविधानले आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक उल्लेख भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा जिल्लाका अधिकांश स्थानीय तहका अभिभावकहरूलाई समस्या भएको छ । नेपालको संविधान २०७२ को मौलिक हक, धारा ३१ मा भएको उक्त व्यवस्था पाल्पामा कार्यान्वयन भएको देखिँदैन । यस धारामा ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने’ उल्लेख छ । तर सामुदायिक विद्यालयहरूले पनि विभिन्न बाहनामा शुल्क उठाउँदा अभिभावकहरूलाई समस्या भएको हो ।
पाल्पामा दुई ओटा नगरपालिका र आठ ओटा गाउँपालिका गरी १० ओटा स्थानीय तह छन् । कुनै पनि स्थानीय तहमा निःशुल्क शिक्षा कार्यान्वय भएको छैन । निस्दी गाउँपालिका र बगनासकाली गाउँपालिकाले कुनै पनि बाहनामा शुल्क नउठाउन विद्यालयहरूलाई निर्देशन दिएका छन् । तर पूर्ण कार्यान्वयन हुन सकेको छैन । निस्दी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले निःशुल्क शिक्षाको कार्यान्वयनको लागि धेरै पहल भए पनि पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको बताउनु भयो । उहाँले अहिले पनि परीक्षा शुल्क, वार्षिकोत्सव शुल्क लगायतका शीर्षकहरूमा विद्यालयहरूले शुल्क उठाउने गरेकोमा विद्यालयहरूलाई कुनै पनि बाहनामा शुल्क नउठाउन निर्देशन दिइएको बताउनु भयो ।
जिल्लामा सामुदायिक विद्यालयको सङ्ख्या ४ सय ४० रहेको छ । त्यस्तै बालविकास केन्द्र ४ सय ओटा, संस्थागत विद्यालय ३८ ओटा, सामुदायिक सिकाइ केन्द्र ३० ओटा र क्याम्पस १७ ओटा रहेका छन् । सामुदायिक विद्यालयहरूले मासिक २ सयदेखि १ हजार रुपियाँसम्म शुल्क उठाउने गरेका छन् । धेरै विद्यालयहरूले अङ्ग्रेजी माध्यमबाट पढाउने र त्यसका लागि अतिरिक्त शिक्षक राख्नु पर्ने भएकाले शिक्षक व्यवस्थापनका लागि शुल्क उठाउनुपरेको जनाएका छन् । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले कुनै पनि स्थानीय तहमा पूर्ण रुपमा निःशुल्क शिक्षाको अधिकार कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले पाल्पाको मात्रै नभएर यो देशभरीकै समस्या भएको बताउनु भयो ।
शिक्षा क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सामाजिक स्रोत विकास केन्द्र, नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले अनिवार्य र निःशुल्क कार्यान्वयनमा स्थानीय सरकारको भूमिका प्रभावकारी नभएको बताउनु भयो । सामुदायिक विद्यालयहरूले विभिन्न बहनामा मासिक शुल्क उठाउने गरेको र शुल्क तिर्नुपर्दा गरिब तथा विपन्न परिवारका बालबालिकाले विद्यालय छोड्न बाध्य हुनुपरेको उहाँले बताउनु भयो । विद्यालयहरूमा विद्यालय सङ्ख्याको आधारमा शिक्षक दरबन्दी रहने, विद्यार्थी सङ्ख्या घट्दै जाँदा शिक्षक सङ्ख्या घट्ने तर कक्षा सङ्ख्या र पिरियड नघट्ने हुँदा विद्यालयहरूले थप शिक्षक व्यवस्थापन गर्नकै लागि अभिभावकहरूसँग विद्यालयले शुल्क उठाउने गरेको उहाँले भन्नुभयो । सामुदायिक विद्यालयहरूले मासिक १ सयदेखि १ हजार रुपियाँसम्म शुल्क उठाउने गरेको पाइएको उहाँले बताउनु भयो ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…