जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या
पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पठनपाठनमा समस्या भएको छ ।
विद्यालयको तीन कोठे भवन जिर्ण भएको पाँच वर्ष वितिसक्दा समेत पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या भएको हो ।
भवन अभावले शिशु र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाई एउटै कोठामा राखेर पढाउनु पर्ने बाध्यता रहेको प्रधानाध्यापक नवराज भट्टले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘भवन अभावले शिशु र कक्षा १ मा अध्ययनरत बालबालिकाहरुलाइ एउटै कक्षामा बसालेका छौँ । दिवाखाजा समेत सोही कक्षामा पकाउने गरेकाले समस्या भएको छ ।’
भवन अभावले पठनपाठन प्रभावित हुने गरेको उहाँको भनाइ छ । पुरानो भवन जिर्ण भएर भत्कीने अवस्थामा पुगेकाले कतिखेर अप्रिय घटना हुन्छ भनेर डर हुने गरेको प्रधानाध्यापक भट्टले बताउन भयो ।
सिलेटले छाएको तीन कोठे जीर्ण भवन पानी परे चुहिने भएकाले झन समस्या हुने गरेको उहाँले बताउनु भयो । ‘स्थापना कालदेखिको पुरानो भवन जीर्ण भएर भत्कीने अवस्थामा छ ,चुहिन्छ पनि, अर्को भवन जस्तापाताले छाएको छ त्यो नि चुहिन्छ, हामीलाइ भवनको सारै अभाव छ, प्रधानाध्यापक भट्टले भन्नु भयो ।
कक्षा ८ सम्म पढाइ हुने महादेव आधारभूत विद्यालयमा ६ ओटा मात्रै कक्षा कोठाहरु छन् । पानी परेकाबेला सबै विद्यार्थी एउटै कोठामा बसालेर पढाउने गरिएको र घाम लागेको दिन विद्यार्थीलाई भूइँमा बसालेर अध्ययन गराउने गरिएको उहाँको भनाइ छ ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पटकपटक भवनका लागि निवेद दिएपनि राज्यले नहेरेको विद्यालय व्यवस्थापन समितिले जनायो ।
विद्यालय भवनको समस्याका बारेमा जानकारी भएको र आगामी वर्ष विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखिने नगरप्रमुख दिपकबहादुर बमले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
वीरेन्द्रनगरमा पिउने पानीको चरम अभाव
कर्णाली प्रदेशको राजधानी वीरेन्दनगरमा पिउने पानीको चरम अभाव चुलिदै गएको छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो…
बलात्कार मुद्दा मुल्तबीमा राख्ने फैसला
२४ वर्षीया महिलालाई फेदाप गाउँपालिका–३ जलजलेका ३२ वर्षीय इन्द्र नेपालीले बलात्कार गरेको भनी परेको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्रे फैसला गरेको छ । जिल्ला अदालतमा ०७९ मङ्सिर २० गते दायर…
समान कामको असमान ज्याला
वीरेन्द्रनगर–३ की कल्पना रास्कोटी १६ वर्ष यता निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै आउनुभएको छ । आर्थिक अवस्था कमजोर भएकी कल्पनाका दुई दम्पति नै निर्माण कार्यमा मजदुरका रुपमा काम गर्दै…
प्रहरीको लाठीचार्जबाट तीन जना घाइते
सोरु गाँउपालिकामा जेठ २० गतेदेखि शुरु भएको उपाध्यक्ष फुटबल कपमा भएको विवादको बारेमा जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा थप विवाद हुँदा २६ गते प्रहरीको लाठीचार्जबाट छाँयानाथ रारा नगरपालिका—४ का वडा…
नागरिकता विधेयक प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेशको निरन्तरता
सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक कार्यन्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले ०८०…