जिरी नगरपालिका प्रवेश गरेका १९ जना अपरिचित व्यक्तिहरू गिरफ्तार
इलाका प्रहरी कार्यालय, जिरीले ०७९ वैशाख २७ गते राति लिङ्कन बजारबाट १९ जना अपरिचित व्यक्तिलाई गिरफ्तार गरेको छ ।
भ्यान, बोलेरो, स्कारपियो लगायतका पाँच ओटा सवारी साधनमा जिरी आएको सो समूह शंकास्पद लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिरी पुगेपछि पनि गाडी भित्रै लुकेर बसेको देखिएपछि प्रहरीलाई खबर गरेको स्थानीयले बताएका छन् ।
इलाका प्रहरी कार्यालय जिरीबाट खटिएका इन्स्पेक्टरको टोलीसहित सशस्त्र प्रहरी बल समेतको टोलीले उनीहरूलाई प्रहरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशील केसीले जानकारी दिनु भयो ।
स्थानीयले सोधखोज गर्दा परिचय अस्पष्ट दिएको र अपशब्द प्रयोग गरेका उनिहरू के उद्देश्यले जिरी प्रवेश गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केसीले बताउनु भयो ।
प्रहरी घटनास्थल पुगेपछि उनीहरू भाग्न थालेपछि स्थानीयले उनीहरू चढेर आएका गाडीमा तोडफोड गरेपछि अवस्था तवाग्रस्त हुन पुगेको र त्यसलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायरिङ पनि गरेको थियो ।
अपरिचित ती व्यक्तिहरूले परिचय लुकाउँदै स्थानीयमाथि नै आक्रमणको प्रयास गरेका थिए ।
उद्धव पोखरेल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…
कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेका दुई जना घरेलु हिंसा पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले आर्थिक सहयोग गरेको छ । जाजरकोट जिल्लाको…
अनुगमनमा गएका वडा सदस्यमाथि कुटपिट
छिन्नमस्ता गाउँपालिका–५ का वडा सदस्य ४७ वर्षीय योगेन्द्रप्रसाद शर्मा, उहाँका बुबा ७५ वर्षीय बिन्देश्वर शर्मा र भतिजा ३० वर्षीय संजयकुमार शर्मालाई ०७९ माघ ११ गते सोही ठाउँका ५० वर्षीय जयनाथ…