जापनिज इन्सेफ्लाइटिसका कारण कोशी प्रदेशमा पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिस रोगबाट त्रियुगा नगरपालिका-३ मोतिगडाका ११ वर्षीय बालक अनमोल राईको उपचारकै क्रममा कात्तिक ५ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
विराटनगरस्थि विराट मेडिकल कलेज, विराटनगरमा ०८१ साउनयता उपचार गराइरहेका बालकको ०८१ कात्तिक ५ गते मृत्यु भएको अस्पताल प्रशासनले जनाएको हो ।
जापनिज इन्सेफलाइटिसका कारण कोशी प्रदेशमा पाँच जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जनाएको छ । क्युलेस जातको लामखुट्टे (जसलाई सेतो लामखुट्टे पनि भनिन्छ) को टोकाइबाट जापानिज इन्सेफ्लाइटिस रोग लाग्ने गर्दछ ।
त्रियुगा नगरपालिका-३ मोतिगडाका ११ वर्षीय बालक अनमोल राईलाई सेतो जातको लामखुट्टेले टोकेको थियो । विराट मेडिकल कलेज, विराटनगर अस्पतालका अधिकृत प्रमेशराज देवकोटाले कात्तिक ५ गते विहान २ बजे जापानिज इन्सेफ्लाइटिसका कारण अनमोलको मृत्यु भएको बताउनु भयो ।
कोशी प्रदेशमा जापनिज इन्सेफलाइटिस (जेई) रोग देखा परेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । जापनिज इन्सेफलाइटिसका कारण कोशीमा पाँच जनाको मृत्यु भएपछि प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।
भाइरसले सार्ने जापानिज इन्सेफलाइटिस १५ जनामा पुष्टि भएको र २ सय ५३ जनामा शङ्कास्पद देखिएको स्वास्थ्य मन्त्रालय, कोशी प्रदेशका फार्मेसी अधिकृत भरत साहले बताउनु भयो । जापनिज इन्सेफलाइटिस रोगबाट मृत्यु हुनेमा झापामा दुई, सुनसरीमा दुई जना र उदयपुरमा एक जना बालक छन् ।
मृत्यु हुने तीन जना नाबालक र दुई ज्येष्ठ नागरिक रहेको मन्त्रालयले जनाएको छ । जापनिज इन्सेफलाइटिस विशेषगरी झापा, मोरङ, खोटाङ, उदयपुर र इलाममा देखिएको छ । जापनिज इन्सेफलाइटिसका झापामा चार जना, उदयपुरमा ४ जना, सुनसरीमा तीन जना, मोरङमा दुई जना र खोटाङमा एक जना बिरामी फेला परेका छन् ।
नियमित खोप सेवाअन्तर्गत १२ महिनाको उमेरमा बालबालिकालाई जापनिज इन्सेफलाइटिसको खोप लगाउने गरिन्छ । सरकारले सन् २०१६ मा उक्त रोगविरुद्ध अन्तिम पटक विशेष खोप अभियान चलाएको थियो । स्वास्थ्य मन्त्रालयका स्वास्थ्य कार्यालयमार्फत जापनिज इन्सेफलाइटिस सङ्क्रमण विरुद्धको खोप कार्यक्रम पनि तीव्र बनाएको छ ।
जापनिज इन्सेफलाइटिस के हो ?
जापनिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्यूलेक्स लामखुट्टेले सार्छ । यो रोग सार्ने लामखुट्टेहरू बिहान र बेलुका सक्रिय हुन्छन् । यो रोगको भाइरसबाट सङ्क्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्ने लामखुट्टे सुरूमा आफू सङ्क्रमित हुन्छ र त्यसले टोक्दा मानिसमा सङ्क्रमण सर्छ ।
डेङ्गी, येलो फीभर र वेस्ट नाइल भाइरसहरूको वर्ग ‘फ्ल्याफिभाइरस’मै जापनिज इन्सेफलाइटिस भाइरस पनि पर्छ । यो रोगको छुट्टै उपचार छैन । रोगका लक्षणअनुसार बिरामीको उपचार गरिन्छ ।
जापनिज इन्सेफलाइटिस भएका अधिकांश बिरामी १५ वर्षभन्दा कम उमेरका बालबालिका हुन्छन् । त्यसैले यो रोगमा मृत्युदर ३० प्रतिशतसम्म हुने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
जापनिज इन्सेफलाइटिसका लक्षण अधिकांश अवस्थामा जापनिज इन्सेफलाइटिसमा मध्यम खालका लक्षणहरू देखिन्छन् । तर, केही बिरामीमा त्यस्तो कुनै सङ्केत देखिँदैन् । उच्च ज्वरो आउनु, मुच्र्छा पर्नु, घाँटी अररो हुनु, भ्रममा पर्नु, बोल्न नसक्ने अवस्थामा पुग्नु, शरीर अनियन्त्रित भएर कामिरहनु मांसपेशी कमजोर हुनु वा पक्षाघात हुनु ।
राकेश नेपाली
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…