जातीय विभेद मुद्दाका फरार आरोपित गिरफ्तार

  ०७९ मङ्सिर १२ गते

जातीय भेदभाव तथा छुवाछुत मुद्दामा तीन महिना कैद र ५० हजार जरिवाना सजाँय भई फरार रहेका चौतारा सागाचोकगढी नगरपालिका–५ का २४ वर्षीय निकेश भनिने मुस्कान घलेलाई ०७९ मङ्सिर ११ गते प्रहरीले गिरफ्तार गरेको छ ।

घलेलाई जिल्ला अदालत सिन्धुपाल्चोकले ०७६ फागुण ६ गते कैद तथा जरिवानाको फैसला गरेको थियो ।

चौतारा सागाचोकगढी नगरपालिका–५ स्थित घलेगाउँमा भोज खानेक्रममा स्थानीय दलित समुदायलाई जातीय विभेद तथा छुवाछुत गरेको आरोपमा घलेविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

फरारकै अवस्थामा प्रहरीले गिरफ्तार गरेका घलेलाई कैद र जरिवाना सजाय असुलका लागि मङ्सिर ११ गते बेलुका जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले बताउनु भयो ।


नातिबावु धिताल