जातीय विभेद घटनामा माफीपछि मिलापत्र
सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई जातीय विभेद घटनामा आरोपित पक्षले माफी मागेपछि मिलापत्र गरिएको छ ।
दलित समुदायलाई सोलुदूधकुण्ड नगरपालिका-५ का कर्मा शेर्पाको मृत्यु संस्कारमा पहिले निमन्त्रणापत्र पठाइएको र पछि दलितले मृत्यु संस्कारमा आउनु हुँदैन भन्दै उर्दी गरेपछि जातीय विभेद गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २९ गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो ।
शेर्पा संस्कार अनुसार गरिने मृत्यु संस्कारका लागि साउन २६ गते सोलुदूधकुण्ड नगरपालिका-५ का सल्लेरी ब्यारेक टोलका विश्वकर्मा समुदायलाई मृतकका परिवारले निमन्त्रणापत्र पठाएको र केही समयपछि दलितले गुम्बामा आउनु हुँदैन भन्दै निमन्त्रणा कार्ड फिर्ता गराएको सोलुदूधकुण्ड नगरपालिका-५ का सुब्बे विश्वकर्माले बताउनु भयो ।
जातीय विभेद भएको भन्दै जिल्ला भरका दलित अधिकारकर्मीहरूले जिल्ला प्रशासन कार्यालयमा साउन २९ गते ज्ञापनपत्र बुझाएर आपत्ति जनाएका थिए ।
पीडित पक्षको ज्ञापनपत्रपछि जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा पिडक ङवाङ शेर्पा र जाङ्मु शेर्पाले माफी मागेपछि घटनामा मिलापत्र भएको हो ।
प्रमुख जिल्ला अधिकारी देवीपाण्डे खत्री, जिल्ला प्रहरी कार्यालयका डिएसपी द्वारिकाप्रसाद घिमिरे लगायत, दलित अगुवालगायतसँग साउन २९ गते भएको छलफलपछि मिलापत्र गराइएको हो ।
आरोपित पक्षले नियतले नभइ अञ्जानमा गल्ती भएको स्वीकार गरेपछि र आगामी दिनमा पुन त्यस किसिमका गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएपछि घटनामा मिलापत्र गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी द्वारिकाप्रसाद घिमिरले बताउनु भयो ।
नेपालको संविधान २०७२ ले धारा २४ मा छुवाछूत तथा भेदभावविरूद्धको हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ ।
सोही धाराको उपधारा १ मा कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाती, समुदाय, पेशा, व्यवसाय वा शारिरीक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन भन्ने उल्लेख छ ।
अञ्जु कार्की
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आराेपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेका आरोपित औरही नगरपालिका-६ का ३५ वर्षीय नथुनी साहलाई ०८१ भदौ २३ गते घरमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको छ । असार १९ गते राती घर…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ…
जिल्ला प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालयले विराटनगरका पाँच स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशसभा सचिवालयको कार्यालय क्षेत्र रहेको देवकोटा चोकदेखि अस्पताल चोकसम्म, मुख्यमन्त्री कार्यालय रहेको रोडशेष चोकदेखि जतुवा चोकसम्म, कोशी…
कैदीबन्दी भन्छन् - वर्षौँको चाहाना पुरा भयो !
गुल्मी कारागारमा पुस्तकालय स्थापना भएपछि कैदीबन्दी खुसी भएका छन् । इन्सेकसहितका सङ्घ संस्थाका अनुगमनमा कैदीबन्दीले प्रत्येक पटक पुस्तकालय र टिभीको माग गर्दै आएका थिए । कैदीबन्दीको वर्षौँदेखिको माग पुरा गर्न…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–३ का २३ वर्षीय रमेश चौधरी र २८ वर्षीय सुरेश चौधरीलाई ०८१ भदौ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…