जातीय विभेद घटनाको प्रहरीद्वारा उजुरी दर्ता गर्न नमानेको पीडितको आरोप

सोरु गाउँपालीका–५ नेर बस्ने २५ वर्षीय सर्पराज नेपालीलाई छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा जातीय विभेद गरेको पीडितले आरोप लगाउनुभयो ।

बजारमा गाडी यात्रुको बहाना पारेर योजनाका साथ बसपार्क पुगेर जुम्ला पातारासी गाउँपालीका –६ घर भइ हाल गमगढी बजार न्युरोडमा मिलन होटेल सञ्चालिका ३१ वर्षीया कमला  थापा , सोही स्थानका २९ वर्षीय प्रकाश थापा र छाँयानाथ रारा नगरपालिका – १ का २५ वर्षीय प्रकाश मल्लले सामुहिकरुपमा कुटपिट संगै गाली बेइज्जत गरेको पीडितले बताउनुभयाे ।
जिपबाट बाहिर निकाली सार्वजनिक ठाँउमा दलित भनेर कुटपिट र तँ डुम आफ्नो औकातमा बस भनेर जातीय विभेदको दृष्टिले गाली बेइज्जत गरेको भनी पीडितले इन्सेक जिल्ला प्रतिनिधिलाई बताउनभयाे । नेपाल प्रहरीकै अगाडि घटना भएको तर उजुरीको लागि माघ १० गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको तर प्रहरीले उजुरी दर्ता गर्न नमाने र बेवास्ता पीडितले गुनासो गर्नुभयो ।

उजुरी आएको र दर्ता प्रकृयामा रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश् सिंह कार्कीले जानकारी दिनुभयो । उजुरीको आधारमा थप मुद्दा प्रक्रिया अगाडि बढाउने इन्स्पेक्टर कार्कीले बताउनुभयो ।


सर्जन कुमार शाही