जातीय विभेद घटनाका आरोपित गिरफ्तार
जातीय विभेद गरेको आरोपमा प्रहरीले चैत १९ गते वडा सदस्य रामजी लामिछाने र सरिता लामिछानेलाई गिरफ्तार गरेको छ ।
माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा फागुन २५ गते ब्रतबन्धको भोजमा दलित र गैरदलितको छुट्टाछुट्टै भान्सा व्यवस्था गरेर, दलितले छोएको भन्दै खाना फालेर आफूलाई जातीय विभेद गरेको भन्दै नारायण परियारले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा वडा सदस्य रामजी लामिछाने, सुजन लामिछाने, सरिता लामिछाने र सन्तोष परियार विरूद्ध उजुरी दिनु भएको थियो ।
आरोपित सुजन लामिछाने र सन्तोष परियारलाई प्रहरीले चैत १८ गते गिरफ्तार गरेको थियो । आरोपितहरूलाई हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्रवणकुमार विकले जानकारी दिनु भयो ।
नारायण केसी
सम्बन्धित समाचारहरू
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…