जातीय विभेद घटनाका आरोपित गिरफ्तार
निसिखोला गाउँपालिका–२ देविस्थानका ५१ वर्षीय ओमबहादुर रसाइलीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ढोरपाटन नपा–५ अधिकारीचौरका ३२ वर्षीय लोकबहादुर बुढालाई माघ ८ गते गिरफ्तार गरेको छ ।
माघ ७ गते स्थानीय खड्कबहादुर पुनकी छोरीको विवाह भोजमा आरोपित बुढाले दलित र गैरदलितको छुट्टाछुट्टै भोजको व्यवस्था भएपनि गैरदलितको भोजमा प्रवेश गरेको भन्दै रसाइलीलाई लखेटेपछि पीडित पक्षले माघ ८ गते इलाका प्रहरी कार्यालय, बुर्तिवाङमा लिखित उजुरी दिएको छ ।
पीडितको उजुरीपछि प्रहरीले बुढालाई सोही दिन नै गिरफ्तार गरेको थियो । पीडितको उजुरीमाथि कानुनी रूपमा प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका इन्स्पेक्टर ओमप्रकाश यादवले बताए ।
घटनामा अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि आरोपित बुढालाई माघ ९ गतेनै जिल्ला सदरमुकाम झिकाइएको जिल्ला प्रहरी कार्यालय, बागलुङले जनाएको छ ।
नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत धारा २४ मा कुनै पनि व्यक्तिले सार्वजनिक वा निजी स्थलमा कसैलाई जातीय विभेद तथा छुवाछुत गर्न नहुने र त्यस्तो कार्य गरेमा कानुन बमोजिम दण्डनीय अपराध हुने भनिएको छ ।
त्यसैगरी छुवाछुत कसुर तथा सजाय ऐन २०६८ मा समेत कसैले कसैलाई सार्वजनिक वा निजी स्थालमा जातीय विभेद तथा छुवाछुत गरेमा दण्डनीय अपराध हुने र दोषीलाई ३ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजार रुपियाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
कर्णाली प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम सार्वजनिकः सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले सार्वजनिक विद्यालयमा ‘पढ्दै कमाउँदै सिक्दै’ अवधारणा अगाडि बढाएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरियोस्
अवरुद्ध सङ्क्रमणकालीन न्यायको प्रकृयालाई न्यायको प्रकृयालाई न्यायसङ्गत ढङ्गले अघि बढाउने गरी कानुन तर्जुमा गरेर द्वन्द्वपीडितका सवाल सम्बोधन गर्न इन्सेकले माग गरेको छ । कल्याणपुर गाविसको बाँदरमुडे खोलामा यात्रुबाहक बसमा विद्युतीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ०८० जेठ २२ गते झड्केलो बुबाविरुद्ध पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय पर्सामा उजुेरी दिनु भयो । पीडित बालिकाकी आमाले आफू आरोपित पतिसँग छुट्टिएर अलगै…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा जुम्लाको तिल गाउँपालिका-९ रासा घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोटमोड बस्ने २३ वर्षीय दिनेशकुमार राउतलाई प्रहरीले ०८० जेठ २२ गते गिरफ्तार…
बलात्कार कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला भएको छ । न्यायाधिश दिवाकर भट्टको जेठ २२ गतेको आदेशले…