जातीय विभेद घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता
खार्पुनाथ गाउँपालिका–४, छिप्राका अपङ्गता भएका १४ वर्षीय बालक, २० वर्षीय उवजन परियार र ४० वर्षीया भिमला दमाईलाई कुटपिट गरी दलित भनेर घर निकाला गरेको आरोपमा सोही ठाउँका २० वर्षीय रामराज रावल, २१ वर्षीय विशाल रावल, २३ वर्षीय लोकेन्द्र रावल, २४ वर्षीय रामकृष्ण रावल, २७ वर्षीय प्रेम रावल, ३० वर्षीय सर्जन रावल र ४५ वर्षीय रामबहादुर रावल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ पुस १३ गते उजुरी दर्ता भएको छ ।
गाउँ नजिकै साना–साना बालबालिकाहरू फुटबल खेली रहेको समयमा पुस ११ गते दुवै पक्षका बालबालिकाहरूको विवाद भएपछि रावल पक्षका विशाल रावल र रामराज रावल आएर बालकलाई कुटपिट गरेको बालकका बुबा झानसिङ परियारले बताउनु भयो ।
उक्त विषयलाई लिएर पुनः पुस १२ गते बिहानको समयमा घरमा आएर 'डुम' भनेर अपशब्द बोल्दै उक्त परिवारलाई कुटपिट गरी घर निकाला गरेको झानसिङ दमाइले बताउनु भयो ।
घाइतेहरूको स्वास्थ्य उपचार जिल्ला अस्पतालमा भइरहेको जिल्ला अस्पतालका प्रमुख प्रतिक्षा भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीको टाउको, घाँटी, हात र खुट्टामा चोट लागेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…