जातीय विभेद घटनाका आरोपित विरुद्ध उजुरी
गोडैता नगरपालिका–११ सिसौटियाका ३३ वर्षीय रामवरण महरा चमारलाई जातीय विभेद गरेको आरोपमा सोही वडाका ४४ वर्षीय दिलीप कुमार यादवविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यलय मलंगवामा ०८० असोज १६ गते उजुरी दिनु भएको छ ।
आरोपित यादवले ०८० असोज २ गते जातीय विभेद तथा छुवाछुत र कुटपिट समेत गरेको भन्दै पीडितले आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएको पीडितले बताउनु भयो ।
पीडित गोडैता नगरपालिका–८ स्थित बजारदेखि दक्षिणतर्फ रहेको नहरमा कपडा धोइ रहेको बखत मोटरसाईकल सफा गर्न आएका आरोपितले “तँ पानीबाट बाहिर आइज, तँ चमार, तँ दलित” भनी जातीय विभेद तथा छुवाछुत जस्ता अमानवीय व्यवहार गर्नुका साथै कुटपिट समेत गरेको पीडितको आरोप रहेको छ । तर, आरोपितका ६७ वर्षीय बुबा चन्देश्वर यादवले आरोपितले पीडितलाई “मैले पानी लिएपछि तिमी कपडा धोनु” मात्र भनेको र कुटपिट पनि नगरेको बताउनु भयो ।
पीडितको घाउ जाँच सर्लाही जिल्ला अस्पताल मलंगवामा असोज १६ गते भएको डा. नवलकिशोर झाले जानकारी दिनु भयो ।
घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।
बुधन साह
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…