जातीय विभेद घटनाका आरोपित पुजारी विरुद्ध उजुरी
जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिरमा ०८० भदौ २० गते पुजा गर्न गएका दलित समुदायमाथि जातीय विभेद गरेको भन्दै मन्दिरका पुजारी दलबहादुर रावल विरुद्ध पीडित पक्षले भदौ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
श्रीकृष्ण जन्मअष्टमीको दिन बडीमालिका मन्दिरमा सुरु भएको पुजामा सहभागि हुन गएका दलित समुदायका युवतीको हातको पुजा समाग्री सहितको थाली मन्दिरका पुजारी रावलले बाहिर फालिदिएर टिका लगाउन अस्वीकार गरेको पीडित युवती संगिता विकको आरोप छ ।
मन्दिरमा पुजा गर्न गएको अवस्थामा बडीमालिका नगरपालिका–८ की संगीता विक, सोनु विक, शान्ति विक, वर्षा विक, सावित्रा विक, विपना विक लगायतको टोली बडीमालिका मन्दिरमा पुजा गर्न गएको अवस्थामा पुजारीले जातीय विभदे गरेको पीडित झरना विकले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘सँगैरहेका अरुलाई केही नभनी पुजारीले टिका लगाइ दिनु भयो । आफूहरुलाई चामलका दानाले हिर्काउँदै तिमीहरु किन आएको ? यो तिमीहरुको हक नलाग्ने ठाउँ हो । गइहाल भन्दै सार्वजनिक रुपमा अपमान र विभेद गर्नु भयो । हाम्रो टोली मन्दिरको गेट पुग्ने बेला हातको पुजाथाली बाहिर फालिदिनु भयो ।’
कृष्ण जन्मअष्टमीको दिन मन्दिरमा पुजा गर्ने भनेर विहान ८ बजे मन्दिर पुगेर विहान ९ बजेसम्म दर्शन गर्नका लागि लाइनमा बसेको भए पनि तल्लोजातका मान्छे भनेर पुजारीले बाहिर जान भनेपछि मुल मन्दिरको टिका ग्रहण गर्न नपाएर घर फर्किनु परेको पीडित संगीता विकले गुनासो गर्नु भयो ।
आफ्नो जात थहाँ पाउनु पर्ने हो । यहाँ आउनै नहुने हो । किन आएको ? अहिले नै गइहाल भन्दै विभेद गरेपछि आफूहरु केही नभनि फर्किएको पीडित युवतीहरुको भनाइ छ । बडीमालिका मन्दिरमा यहाँका दलित समुदायले पटकपटक विभेद सहनु परेको छ । केही महिना अगाडि मात्रै ब्राह्मणले मन्दिरको ढोका नै बन्द गरी गएपछि एक जोडीले विवाह समेत गर्न नपाएको उजुरी जिल्ला प्रशासनमा परेको थियो ।
मन्दिर प्रवेशको प्रयास गरेको भन्दै पुजारीपक्षीय स्थानीयले ११ वर्ष पहिले पनि आफूलगायत चार जनामाथि निर्धात रुपमा कुटपिट गरेको र अहिले पनि कुटपिट हुने डरका कारण मन्दिर परिसर भित्र प्रतिवाद नगरी घर फर्किएको संगिता विकले बताउनु भयो ।
मन्दिरमा कुनै प्रकारको विभेद नगर्ने र सबैलाई सहज पुजापाठको अवसर दिने मन्दिर व्यवस्थापन समितिले निर्णय गरेको भए पनि यस प्रकारका घटना सुन्नमा आउनु दुःखद भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष करे रावलले बताउनु भयो ।
बडीमालिका नगरपालिका ८ का वडा सदस्य तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रावलले पुजारीले जातीय विभदे हुने व्यवहार गर्नु भएको भए पीडित पक्षको माग अनुसार कानुनी प्रक्रियामा सहयोग गर्ने बाताउनु भयो ।
बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले मन्दिरमा विभेद गरिएको घटना साँचो भए कानुनी प्रक्रिया अघि बढाउनु पर्ने र बडीमालिका मन्दिरमा एकपछि अर्को विभेदका घटना हुनु दुःखद विषयभएको बताउनु भयो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित पुजारीलाई गिरफ्तार गर्न प्रहरी टोली पठाएको भए पनि पुजारी कामको शिलसिलामा लेक जानुभएको भन्ने सूचना प्राप्त भएको पुजरीलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन जानकारी पठाइएको जिल्ला प्रहरी कायालयका डिएसपी कविन्द्र बोहराले बताउनु भयो । पीडित पक्षले दिएको उजुरीका आधारमा घटनाको अनुसन्धान पनि भइरहेका उहाँले बताउनु भयो ।
जातीय तथा अन्य छुवाछूत र भेदभाव ( कसूर र सजाय) ऐन,२०६८ अनुसार कसैले कुनै पनि व्यक्तिलाई जात, जाती, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै धार्मिक कार्य गर्नबाट वञ्चित गरेको खण्डमा तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि २ लाख रुपियाँसम्म जरिबानाको व्यवस्था गरेको छ ।
पदमबहादुर सिंह
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…